रास्वपा पर्सामा दिनानुदिन जनलहर बढदै , घन्टीलाई नै जिताउने स्थानियको भनाई सहित उमेदवार हरि पन्तको भब्य स्वागत

Date:

पर्सा पोस्ट, माघ २२ गते, बिरगञ्ज।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तलाई बिरगञ्ज भन्सार एरियाका स्थानीयवासीहरूले भव्य स्वागत गरेका छन्।

आज रास्वपाद्वारा भन्सार एरियामा आयोजित घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार पन्तलाई स्थानीय नागरिकहरूले उत्साहपूर्वक स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा स्थानीय बिरगञ्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले रास्वपाले मात्र देशमा आमूल परिवर्तन ल्याई मुलुकलाई सुशासन र समृद्धिको यात्रातर्फ अघि बढाउन सक्ने विश्वास व्यक्त गर्दै आफूहरू निस्वार्थ रूपमा रास्वपालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

घरदैलो कार्यक्रमअघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले विगत ३५ वर्षदेखि शासन गर्दै आएका पुराना दलका उम्मेदवारहरूलाई मत माग्न आउँदा “के गरे र अब जितेपछि के गर्नुहुन्छ ?” भनेर प्रश्न गर्न आम मतदातालाई आग्रह गरे। उनले फेरि पनि पुराना दललाई मत दिएर जेन्जी आन्दोलनको उपहास नगर्न समेत मतदातासँग अनुरोध गरे।

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य, सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए।

उक्त कार्यक्रममा रास्वपा पर्साका नेता–कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...