अजित कुमार भुजेल , बिरगंज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा शीतलहरबाट बच्न दाउरा बाल्ने कार्यक्रम सम्पन्न भएको छ ।
केही दिन देखि बढदै गएको चिसोलाई मध्य नजर गर्दै बिरगंज महानगरपालिका वडा नं.२ स्थित ईदगाह चोकमा बटुवा र सर्वसाधारणको लागि शीतलहरबाट बच्नको लागि दाउरा बाली आगो ताप्ने काम भएको थियो ।
शितलहरबाट बच्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मियाँ हाजमको प्रमुख आतिथ्यमा सामुदायिक सेवा केन्द्रका सचिव प्रबिण बिक्रम शाह , सदस्य धिरज शर्मा , अब्दुल कैशज्यू, स्थानियहरु वकिल महम्मद , ओली महम्मद , नैमोदिन हजाम , उसमान हजाम , सर्फुलाह अंसारी , सादिक अंसारी , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार दुर्गा कुमार आले , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल, प्रहरी जवान दिपेन्द्र कुमार यादव र प्र.ज. भिम बहादुर कपडयाल लगायतको उपस्थिति रहेको थियो।