शितलहरबाट बच्न सामुदायिक सेवा केन्द्र छ्पकैयाद्वारा चौक चौकमा दाउरा बाल्ने कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा शीतलहरबाट बच्न दाउरा बाल्ने कार्यक्रम सम्पन्न भएको छ ।

केही दिन देखि बढदै गएको चिसोलाई मध्य नजर गर्दै बिरगंज महानगरपालिका वडा नं.२ स्थित ईदगाह चोकमा बटुवा र सर्वसाधारणको लागि  शीतलहरबाट बच्नको लागि दाउरा बाली आगो ताप्ने काम भएको थियो ।

शितलहरबाट  बच्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा  वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मियाँ हाजमको प्रमुख आतिथ्यमा सामुदायिक सेवा केन्द्रका सचिव प्रबिण बिक्रम शाह , सदस्य धिरज शर्मा , अब्दुल कैशज्यू,  स्थानियहरु  वकिल महम्मद , ओली महम्मद , नैमोदिन हजाम , उसमान हजाम , सर्फुलाह अंसारी , सादिक अंसारी , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार दुर्गा कुमार आले , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल, प्रहरी जवान दिपेन्द्र कुमार यादव र प्र.ज. भिम बहादुर कपडयाल लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...