प्रेस सेन्टर र समाजवादी प्रेस संगठनद्वारा प्रतिनिधिसभा उमेदवारसँग पत्रकार अन्तरक्रिया

Date:

पर्सा पोस्ट, माघ १९ गते , वीरगञ्ज ।
प्रेस सेन्टर नेपाल पर्सा र समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा पर्सा निर्वाचन क्षेत्र नं. १ देखि ४ सम्मका प्रतिनिधिसभा उम्मेदवारहरूसँग पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्जको होटेल कुमु प्यालेसमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार सिए अजय चौरसिया, क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी, क्षेत्र नं. ३ का उम्मेदवार छोटेलाल यादव तथा क्षेत्र नं. ४ का उम्मेदवार जयप्रकाश थारुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा स्थानीय नेताहरूको समेत उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, प्रेस सेन्टर नेपाल पर्सा जिल्ला अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन मधेश प्रदेश अध्यक्ष मनोज पटेल तथा पर्सा जिल्ला अध्यक्ष शम्भु सुमनलगायत विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले निर्वाचनको वर्तमान अवस्था, प्रचार–प्रसारको रणनीति, निर्वाचनको विश्वसनीयता तथा पत्रकार र राजनीतिक दलबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए। उम्मेदवारहरूले पत्रकारहरूसँग पारदर्शी, उत्तरदायी र लोकतान्त्रिक अभ्यासमा आधारित सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागी सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पर्सा निर्वाचन क्षेत्र नं. १ देखि ४ सम्मका प्रतिनिधिसभा उम्मेदवारहरूलाई विजयी गराउने विषयमा छलफल तथा परिचर्चा गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...