पर्सा क्षेत्र न.१ मा काङ्ग्रेस उमेदवार अनिल रुङ्ग्टाको पक्षमा वडा न.४ मा बुथस्तरिय चुनावी कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, माघ १९ गते, वीरगञ्ज।
पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटालाई विजयी गराउने उद्देश्यले वीरगञ्ज महानगरपालिका वडा नं. ४ मा बुथस्तरीय चुनावी कार्यक्रम सम्पन्न भएको छ।

वडा नं. ४ का बुथ सभापति जगदीश साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्रीले लोकतन्त्र, समावेशी विकास तथा संविधानको संरक्षणका लागि नेपाली कांग्रेसको जित अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनले उम्मेदवार अनिल रुङटालाई इमानदार, जनतामुखी र विकासप्रेमी नेता भएको उल्लेख गर्दै सबै कार्यकर्ता तथा मतदातालाई एकजुट भई रुङटालाई विजयी गराउन आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार अनिल रुङटाले आफू जनताको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता जनाए। उनले पर्सा क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। लोकतन्त्र र राष्ट्रलाई अप्ठ्यारो परिस्थितिमा पर्न नदिन नेपाली कांग्रेस सरकारमा पुग्न आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रियताको सवालमा अझ मजबुत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका अध्यक्ष तथा वडा नं. ४ का बुथ सभापति जगदीश साह कानुले स्थानीय तहदेखि केन्द्रसम्म नेपाली कांग्रेसलाई बलियो बनाउनु आजको आवश्यकता भएको बताए। उनले घर–घरमा पुगेर कांग्रेसको नीति, सिद्धान्त र उम्मेदवार अनिल रुङटाको एजेन्डा प्रचार गर्न कार्यकर्तालाई आग्रह गर्दै यस चुनावलाई परिवर्तनको अवसरका रूपमा लिनुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, सचिव दिनेश चौधरी, इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफ, भोला कलवार, प्रकाश उपाध्याय, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, सचिव अनिल सिंह, हरि यादव, किरण सरकार, मनोज चौधरीलगायत नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, दलित संघ तथा विभिन्न भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...