पर्सामा चार सयभन्दा बढी जेन्जी युवा रास्वपामा प्रवेश

Date:

पर्सा पोस्ट, माघ १७ गते, बिरगंज ।
पर्सा जिल्लाका चार सयभन्दा बढी जेन्जी (Gen-Z) युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आज आयोजित एक कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा उनीहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा कमलेश पटेल, रञ्जित साह कलवार, साहिल सेख, सन्नी अलि, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियञ्जन यादव, सन्जीत साह, दनिश सेखलगायत चार सयभन्दा बढी युवाहरू सहभागी थिए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी नेता परबेज सेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मुलुकमा वास्तविक परिवर्तन ल्याउन सक्ने दाबी गरे। पर्साका जेन्जी युवाहरूको रोजाइ रास्वपा भएकाले अब सम्पूर्ण जेन्जी शक्ति पार्टीलाई जिताउन लागिपर्ने उनले बताए। जेन्जी युवा नेताहरू सुदन गुरुङ, पुरुषोत्तम यादवलगायतका प्रमुख अनुहारहरू पहिल्यै रास्वपामा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले जेन्जी आन्दोलनलाई सम्बोधन गर्न सक्ने पार्टी रास्वपा नै भएको स्पष्ट पारे।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले जेन्जी युवाहरू नै पार्टीको वास्तविक सम्पत्ति भएको बताए। युवाहरूको साथ र समर्थन पाएकोले आफू ढुक्कका साथ चुनाव जित्ने विश्वास व्यक्त गरे। साथै उनले चुनावमा हुने अवैध पैसाको चलखेललाई कानुनसम्मत तरिकाले रोक्न युवाहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन दिए।

कार्यक्रम रास्वपा वीरगञ्ज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...