बिरगंज महानगर पालिका बजार अनुगमन समितिद्वारा सुनचादी पसलमा अनुगमन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिकाको बजार अनुगमन व्यवस्थापन तथा अनुगमन समितिको सन्योजक तथा उपप्रमुख ईम्तियाज आलमको विशेष उपस्थितिमा बजार व्यवस्थापन तथा अनुगमन समितिको पदाधिकारीहरुद्वारा बिहीबार बिरगंज महानगर भित्र रहेका सुनचादी पसलहरुमा अनुगमन गरेको छ ।

बिरगंज महानगर पालिका भित्र सन्चालित सुनचादी पसलमा सुन तौल गर्ने ढक तराजुको बिशेष अनुगमन तिब्र रुपबाट भएको छ ।

महानगर अन्तर्गत बजार अनुगमन तथा बजार व्यवस्थापन अन्तर्गत उपमेयरको सन्योजकमा सबै क्षेत्राधिकार हेर्ने ऎनले नै दिएकोले यस अघि खाधान्न , हस्पिटल , स्कुल , सहकारी , ल्याब , औंषधि पसलहरु अनुगमन गरिसकेको थियो ।

आज सुनचादी पसलहरुमा अनुगमन गर्ने क्रममा ६ वटा पसलमा अनुगमन गर्दा केही पसलहरुमा बिरगंज महानगर पालिकामा दर्ता गर्नु पर्ने व्यवसाय प्रमाणपत्र नलिईएको पाईएको र बाकीको व्यवसाय दर्ता र ढक , तराजु मापदण्ड अनुसार रहेको देखियो ।

बिरगंज वडा न.९ स्थित पानमन्डीमा रहेको निरज ज्वेलर्स प्रालीमा अनुगमन गर्ने क्रममा सुनचादीमा प्रयोग गर्ने ढक तराजुहरु सहि मापदण्ड अनुसार रहेको र व्यवसाय प्रमाणपत्र समेत रहेको देखियो।

त्यसैगरि रानीघाट स्थित शन्कर साह उपेन्द्र कुमार सुनचादी पसलमा पनि व्यवसाय दर्ता प्रमाणपत्र र ढक , तराजु चेकजाच गर्दा मापदण्ड अनुसार रहेको थियो ।

प्रिन्स एन्ड खुशी ज्वेलर्सले व्यवसाय प्रमाणपत्र नदेखाएकोले ७ दिन भित्र व्यवसाय दर्ता प्रमाणपत्र लिएर कार्यालय उपस्थित हुन निर्देशन समेत दिएको थियो ।

श्री शन्कर साह ज्वेलर्सको पसलमा प्रयोग हुने ढक तराजु सामाग्री मापदण्ड भित्र रहेको तर बिरगंज महानगरको व्यवसाय दर्ता प्रमाणपत्र नदेखिएकोले सात दिन भित्र कार्यालयमा लिएर उपस्थित हुन निर्देशन दिइएको थियो ।

कोमल कुसुम आभुषण कला केन्द्रले अनुमति पत्र देखाउन नसकेकोले ३ दिनभित्र सम्पुर्ण कागजात सहित कार्यालयमा उपस्थित हुन आउने निर्देशन गरिएको थियो ।

श्री दशै साह ज्वेलर्सको सम्पुर्ण कागजात तथा ढक तराजु मापदण्ड अनुसार रहेको तर बिरगंज महानगर पालिकाको व्यवसाय दर्ता प्रमाणपत्र नलिएकोले ७ दिन भित्र व्यवसाय प्रमाणपत्र लिन निर्देशन समेत दिएको बिरगंज महानगर पालिकाका खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार लाल दासले जानकारी दिनुभयो ।

अनुगमन टोलिमा महानगरका खाद्य अधिकृत बिपिन कुमार लाल दास , नापतौल तथा गुणस्तर कार्यालय बिरगंजका आनन्द कुमार गुप्ता , मनिष कुमार गुप्ता , जिल्ला प्रशासन कार्यालय पर्साका ब्रहदेव प्रसाद यादव , उपभोक्ता हित संरक्षण मंचका अजित भुजेल , १३ न. गणका सशस्त्र प्रहरी सहायक निरीक्षक वीर बहादुर लामा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक बिनोद मान सिंह लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...