लायन्स क्लब बिरगंजद्वारा नारायणी अस्पतालमा उपचाररत बिरामीलाई न्यानो कम्बल बितरण

Date:

पर्सा पोस्ट, पौष २५ गते, वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीहरूका लागि लायन्स क्लब वीरगञ्जको आयोजनामा न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। चिसो मौसमका कारण बिरामीहरूलाई हुने असहजता कम गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा १ सय ६० जना बिरामीलाई न्यानो कम्बल वितरण गरिएको हो।

कार्यक्रम लायन्स क्लब वीरगञ्जका अध्यक्ष सुरेश कुमार रुङ्गटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका पदाधिकारीहरू प्रकाश बाहेती, अशोक गुप्ता, प्रदिप डाल्मिया लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको यस मानवीय सहयोग कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीहरूलाई चिसोबाट केही हदसम्म राहत पुग्ने विश्वास लिइएको छ। लायन्स क्लब वीरगञ्जले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवकल्याणकारी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...