रक्त क्यान्सर पीडित उमेश महतोको उपचारका लागि सहयोग अपील , घरमै पुगेर २४ हजार ५ सय सहयोग हस्तान्तरण

Date:

पर्सा पोस्ट , पुष २४ गते , रौतहट ।
मधेश प्रदेश अन्तर्गत रौतहट जिल्ला, राजदेवी नगरपालिका–५ हजमिनिया दरबार निवासी श्री फेकन महतोका २४ वर्षीय छोरा उमेश महतो विगत करिब डेढ वर्षदेखि ब्लड क्यान्सर (रक्त क्यान्सर) जस्तो गम्भीर रोगबाट पीडित भई उपचाररत रहेका छन्। लामो समयदेखि चलिरहेको उपचारका कारण हाल उनको स्वास्थ्य अवस्था अत्यन्तै दयनीय बनेको परिवारले जनाएको छ।
उपचारका क्रममा परिवारले आफ्नो स्वामित्वमा रहेको घडेरीसमेत राखी ऋण लिएर हालसम्म करिब ७ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। तर उपचार निरन्तर जारी राख्न अझै करिब ४ लाख रुपैयाँ बराबरको आर्थिक अभाव रहेको बताइएको छ। कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा समस्या उत्पन्न भएको भन्दै परिवार चिन्तित बनेको छ।

यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै वीरगञ्जका सामाजिक अभियंता प्रकाश थारूको पहलमा तथा हेल्प मधेशी नेपाल मलेसिया (सेरेम्बान दलान) का साथीहरूको सहयोगमा आज उमेश महतोको घरमै पुगेर २४ हजार ५ सय रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ।

हाल उमेश महतो अत्यन्तै पीडादायी अवस्थाबाट गुज्रिरहेका छन्। परिवारले सबै सहयोगी मन, संघ–संस्था तथा सरोकारवाला निकायहरूसँग थप सहयोगका लागि हार्दिक अपील गरेको छ। पीडितका आमाले संघ, प्रदेश र स्थानीय सरकारका निकाय हुँदाहुँदै पनि हालसम्म कुनै पनि सरकारी निकायबाट एक सुका पानी बराबरको सहयोगसमेत प्राप्त नभएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक अभियंता प्रकाश थारू, कन्हैया पटेल, पत्रकार सन्जय कुमार सहनी, समाजसेवी नवीन कुमार सिंह लगायतको उपस्थिति रहेको थियो। उपस्थित सबैले मानवीय सहयोग र सामाजिक सद्भावको उदाहरण प्रस्तुत गर्दै पीडित परिवारलाई धैर्य राख्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...