बिरगंज महानगरपालिकाद्वारा कार्यालय सहयोगि राजु कुमार थापाको निधनमा शोक बिदा

Date:

पर्सा पोस्ट, पुष १८ गते, वीरगंज ।
वीरगंज महानगरपालिकाले आज शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजु कुमार थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरपालिकाले शोक विदा दिएको हो।

थापा यही पुस ६ गते सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचाररत रहनु भएकोमा पुस १२ गते उपचारकै क्रममा निधन भएको थियो। उहाँ वीरगंज महानगरपालिकामा २०५२ साल माघ १२ गते कार्यालय सहयोगीका रूपमा नियुक्त भई लामो समयदेखि निरन्तर सेवामा रहँदै आउनु भएको थियो।

दिवंगत थापाको आकस्मिक निधनले महानगरपालिका परिवार मात्र नभई सम्पूर्ण कर्मचारी वृत्तमा शोकको वातावरण सिर्जना भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

दिवंगत थापाको शोकमा आज शुक्रबार बिहान ११:०० बजे वीरगंज महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। शोक सभामा महानगर प्रमुखको उपस्थितिमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण लगायत महानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रशासन प्रमुख सुनिल कर्णका अनुसार आज महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...