फोनिज पर्साकि सचिव एन्जल चौधरीको आमाको निधन , फोनिजद्वारा समवेदना व्यक्त

Date:

पर्सा पोस्ट, पुष ११ गते , पटेर्वासुगौलि ।
थारु पत्रकार संघ नेपाल पर्सा शाखाकी कोषाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्सा शाखाकी सचिव एन्जल चौधरीको ममतामयि आमा देवकी कुमारी चौधरीको ६५ वर्षको उमेरमा निधन भएको छ।

पटेर्वासुगौली गाउँपालिका वडा नं. २ बेलवामा आज बिहान उनको असामयिक निधन भएको हो। लामो समयदेखि सामान्य स्वास्थ्य समस्याबाट पीडित रहँदै आएकी देवकी कुमारीको निधनको खबरले परिवारजन, आफन्त तथा शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ।

दिवंगत देवकी कुमारी एक सरल, मृदुभाषी तथा सामाजिक स्वभावकी महिला रहेको स्थानीयवासीहरूले स्मरण गरेका छन्। उनले आफ्नो जीवनकालमा परिवार र समाजप्रति समर्पित भूमिका निर्वाह गर्दै आएकी थिइन्।

उनको निधनप्रति थारु पत्रकार संघ नेपाल, फोनिज पर्सा शाखा लगायत विभिन्न सामाजिक संघ–संस्थाहरूले गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

दिवंगत देवकी कुमारीको पार्थिव शरीरको हिन्दू परम्पराअनुसार आजै अन्त्येष्टि गरिएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...