पुराना दलहरुले जनअपेक्षा पूरा गर्न नसकेकोले अब जनता समक्ष मत माग्ने नैतिक अधिकार समेत गुमाईसकेको दाबी : रास्वपा पर्सा अध्यक्ष हरि पन्त

Date:

पर्सा पोस्ट, पुष ११ गते, वीरगञ्ज।
आगामी निर्वाचनमा पुराना दलहरू पुनः मत माग्न आए उनीहरूलाई कडा प्रश्न गर्नुपर्ने बेला आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरी पन्तले बताएका छन्।

रास्वपा वीरगञ्ज महानगरका वडा नम्बर ४ र ५ को प्रथम भेलालाई सम्बोधन गर्दै सभापति पन्तले विगत करिब ३५ वर्षदेखि पटक–पटक शासन सत्ताको केन्द्रमा रहेका पुराना दलहरूले जनअपेक्षा पूरा गर्न नसकेकाले अब जनतासमक्ष मत माग्ने नैतिक अधिकारसमेत गुमाइसकेको दाबी गरे। उनले आमजनतालाई सचेत भई अब विकल्प रोज्न आग्रह गरे।

उक्त भेलाले राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार गर्दै वीरगञ्ज महानगरका वडा नम्बर ४ र ५ मा वडा कमिटी गठन गरेको छ। वडा नम्बर ४ मा सञ्चारकर्मी मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ। कमिटीको उपसभापतिमा संगीता जोशी, सचिवमा पुकार थापा रहेका छन् भने सदस्यहरूमा शेख सहजाद, कृष्टा थापा, सुनिल दर्लामी, विजय चौहान, रोजन जोशी, प्रितम श्रेष्ठ, शंकर थापा र सरु जोशी रहेका छन्।

त्यसैगरी वडा नम्बर ५ मा इमरान शेखको सभापतित्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ। कमिटीको उपसभापतिमा अरुण मानन्धर, सचिवमा सकील अहमद रहेका छन्। सदस्यहरूमा अमित जोशी, जमिर अख्तर, सुनिल सर्राफ, सरस्वती गुरुङ, जावेद अख्तर, शनि मानन्धर, सजाद अहमद र ओमी गुरुङ रहेका छन्।
रास्वपा वीरगञ्ज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोदले गरेका थिए। कार्यक्रममा महानगर उपसभापति परितोष द्विवेदीले स्वागत मन्तव्य राखेका थिए।

भेलामा क्षेत्रीय सभापतिहरू राम आर्य, फैयाद मियाँ, महानगर सचिव गौतम श्रेष्ठ, नेता परवेज अख्तर, नितु खड्गी, सुदिश प्रजापति, मुन्ना साहलगायतले आ–आफ्नो मन्तव्य राख्दै पार्टी संगठन मजबुत बनाउँदै जनताका मुद्दा सडकदेखि सदनसम्म उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...

सकारात्मक सोच र आत्मबोधले नै जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ २६ गते , रक्सौल, पूर्वी...