प्याब्सन टि-१० क्रिक्रेट प्रतियोगिता : ११ औं दिन पाँच खेल सम्पन्न

Date:

पर्सा पोस्ट , पुष १२ गते , बिरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार ११ औँ दिन पाँचवटा खेल सम्पन्न भएका छन्। आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्साहजनक प्रदर्शन गरेका छन्।

११औँ दिनको पहिलो खेल छात्रा समूहअन्तर्गत बेकन सेकेन्डरी स्कुल र नवदीप एकेडेमी बीच भएको थियो। उक्त खेलमा बेकन सेकेन्डरी स्कुलले ७ विकेटको सहज जित हात पार्‍यो। खेलकी उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) सोनाली गुप्ता घोषित भइन्।

दोस्रो खेल जुनियर ब्वाइज समूहमा सूर्योदय सेकेन्डरी स्कुल र मनकामना सेकेन्डरी स्कुल बीच प्रतिस्पर्धा भयो। रोमाञ्चक खेलमा मनकामना सेकेन्डरी स्कुलले ८ रनको साँघुरो जित दर्ता गर्‍यो। यस खेलका म्यान अफ द म्याच ओसिम आलम बने।

तेस्रो खेल छात्रा समूहमा लिटिल फ्लावर सेकेन्डरी स्कुल र माउन्ट एडमण्ड सेकेन्डरी स्कुल बीच सम्पन्न भयो। लिटिल फ्लावर सेकेन्डरी स्कुलले ९ विकेटको फराकिलो जित हासिल गर्‍यो। खेलकी उत्कृष्ट खेलाडी अर्चना ठाकुर घोषित भइन्।

चौथो खेल जुनियर ब्वाइज समूहमा ज्ञान वाटिका सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुल बीच भएको थियो। साउथ जोन सेकेन्डरी स्कुलले ९ विकेटको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राख्यो। यस खेलका म्यान अफ द म्याच नितेश पटेल बने।

दिनको अन्तिम खेल छात्रा समूहमा चिल्ड्रेन्स वर्ल्ड र ओम नेशनल एकेडेमी बीच सम्पन्न भयो। ओम नेशनल एकेडेमीले ९ विकेटको उत्कृष्ट जित हात पार्दै सेमिफाइनलतर्फको यात्रा मजबुत बनाएको छ। खेलकी उत्कृष्ट खेलाडी प्रज्ञा क्षेत्री घोषित भइन्।

प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिता १३ पुस २०८२ सम्म सञ्चालन हुनेछ। प्रतियोगिताले विद्यालयस्तरका छात्र–छात्रामा खेलकुद प्रतिभा विकास, अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...