डाबरको अखाद्य मह : अनुगमन टोलिलाई दिएन ” सेम्पल “

Date:

वीरगन्ज । बारामा रहेको युनिलिभर कम्पनी डाबर नेपालले महमा किरा भेटिएको व्याचको नमूना नियमनकारी निकायलाई नदिएको तथ्य फेला परेको छ । गएको मंसिर २९ गते डाबरको महमा किरा भेटिएको प्रमाण सहित नियमनकारी निकायमा उजुरी परेपछि अनुगमनमा गएको टोलीलाई किरा र कमिला परेको भेटिएको व्याचको कुनै पनि नमूना नदिई डाबर नेपालले प्रमाण लुकाएको पाइएको हो ।
व्याच डिष्प्याच गरिसकिएको भन्दै आधाघण्टा टोलीलाई गेटमा पर्खाएर भित्र पुरै सफाई गरी बल्ल भित्र प्रवेश गराएको तथ्य उजागर भएको छ । डाबर कम्पनीले अनुगमनमा पुगेको नियमनकारी निकायलाई खान योग्य नभएको महको नमूना माग्दा त्यो व्याच बजार गई सकेको भनी हचुवा जवाफ दिएको खुलेको छ ।
टोली आफै विवादमा
अनुगमनमा जाँँदा उपभोक्ता हितमा काम गर्ने संस्था र संचार क्षेत्रका पनि अधिकारकर्मी टोलीमा सामेल गराउने विगतलाई समेत डाबर नेपाल जाँदा छुटाएको पाइएको छ । उपभोक्ताको हितमा काम गर्ने सरोकारवाला निकायलाई टोलीमा नसमेटी सुटुक्क डाबर पुगेको अनुगमन टोलीले उजुरी परेको व्याचको नमूना नै नपाएपछि बल्ल डाबरको महको गुलियोमा टोली पनि लुटपुटिएको रहस्योद्घाटन भएको छ । यो कुरा सञ्जालमा पनि फिंजिएको भेटिएको हो ।
बाणिज्य कार्यालय वीरगन्ज, पर्सा जिल्ला प्रशासन कार्यालय बारा मातहतको इलाका प्रशासन कार्यालय जितपुरसिमरा र जितपुरको प्रहरी कार्यालयका प्रतिनिधि मात्र सुटुक्क त्यहाँ पुगेको डाबर भित्रबाट खुलासा भएको छ । बाराको लिपनीमालमा रहेको अन्तराष्ट्रिय मल्टिनेशनल कम्पनी डाबरले अनुगमनमा गएको टोलीलाई आधा घण्टा गेट बाहिर नै कुराई भित्र लुकाउने र सफा गर्ने युनिट सफाई सकेर मात्र प्रवेश दिएको टोलीका सदस्यले समेत आशंका गरेका छन् ।
एनबी ००४२१ व्याच नम्बरमा किरा
डाबर नेपालले उत्पादन गरेको व्याच नं. एनबी ००४२१, उत्पादित मिति १२।२४ उल्लेख भएको २५० ग्रामको शिलप्याक महको बट्टामा कमिला र किरा फेला परेको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा यसको खोजपड्ताल गर्न गएको मंसिर २९ गते नै उजुरी समेत परेको छ । खाद्य सुरक्षाका दृष्टिकोणले यस्तो बस्तु महमा भेटिनु क्षम्य नहुने खाद्य सुरक्षा ऐनले प्रष्टै उल्लेख गरेको छ ।
साभार :- राजधानी दैनिकबाट लिएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...