डाबरको अखाद्य मह : अनुगमन टोलिलाई दिएन ” सेम्पल “

Date:

वीरगन्ज । बारामा रहेको युनिलिभर कम्पनी डाबर नेपालले महमा किरा भेटिएको व्याचको नमूना नियमनकारी निकायलाई नदिएको तथ्य फेला परेको छ । गएको मंसिर २९ गते डाबरको महमा किरा भेटिएको प्रमाण सहित नियमनकारी निकायमा उजुरी परेपछि अनुगमनमा गएको टोलीलाई किरा र कमिला परेको भेटिएको व्याचको कुनै पनि नमूना नदिई डाबर नेपालले प्रमाण लुकाएको पाइएको हो ।
व्याच डिष्प्याच गरिसकिएको भन्दै आधाघण्टा टोलीलाई गेटमा पर्खाएर भित्र पुरै सफाई गरी बल्ल भित्र प्रवेश गराएको तथ्य उजागर भएको छ । डाबर कम्पनीले अनुगमनमा पुगेको नियमनकारी निकायलाई खान योग्य नभएको महको नमूना माग्दा त्यो व्याच बजार गई सकेको भनी हचुवा जवाफ दिएको खुलेको छ ।
टोली आफै विवादमा
अनुगमनमा जाँँदा उपभोक्ता हितमा काम गर्ने संस्था र संचार क्षेत्रका पनि अधिकारकर्मी टोलीमा सामेल गराउने विगतलाई समेत डाबर नेपाल जाँदा छुटाएको पाइएको छ । उपभोक्ताको हितमा काम गर्ने सरोकारवाला निकायलाई टोलीमा नसमेटी सुटुक्क डाबर पुगेको अनुगमन टोलीले उजुरी परेको व्याचको नमूना नै नपाएपछि बल्ल डाबरको महको गुलियोमा टोली पनि लुटपुटिएको रहस्योद्घाटन भएको छ । यो कुरा सञ्जालमा पनि फिंजिएको भेटिएको हो ।
बाणिज्य कार्यालय वीरगन्ज, पर्सा जिल्ला प्रशासन कार्यालय बारा मातहतको इलाका प्रशासन कार्यालय जितपुरसिमरा र जितपुरको प्रहरी कार्यालयका प्रतिनिधि मात्र सुटुक्क त्यहाँ पुगेको डाबर भित्रबाट खुलासा भएको छ । बाराको लिपनीमालमा रहेको अन्तराष्ट्रिय मल्टिनेशनल कम्पनी डाबरले अनुगमनमा गएको टोलीलाई आधा घण्टा गेट बाहिर नै कुराई भित्र लुकाउने र सफा गर्ने युनिट सफाई सकेर मात्र प्रवेश दिएको टोलीका सदस्यले समेत आशंका गरेका छन् ।
एनबी ००४२१ व्याच नम्बरमा किरा
डाबर नेपालले उत्पादन गरेको व्याच नं. एनबी ००४२१, उत्पादित मिति १२।२४ उल्लेख भएको २५० ग्रामको शिलप्याक महको बट्टामा कमिला र किरा फेला परेको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा यसको खोजपड्ताल गर्न गएको मंसिर २९ गते नै उजुरी समेत परेको छ । खाद्य सुरक्षाका दृष्टिकोणले यस्तो बस्तु महमा भेटिनु क्षम्य नहुने खाद्य सुरक्षा ऐनले प्रष्टै उल्लेख गरेको छ ।
साभार :- राजधानी दैनिकबाट लिएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...