नेशनल मेडिकल कलेज र आशा किरण केन्द्र बीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धि सम्झौता

Date:

पर्सा पोस्ट, पुस ०६ गते, वीरगञ्ज ।
नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिएको छ। आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित विशेष कार्यक्रममा उक्त सम्झौता सम्पन्न भएको हो।

सम्झौताको उद्देश्य आशा किरण केन्द्रका कर्मचारी, अभिभावक तथा विकासात्मक चुनौती भएका बालबालिकालाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ। सम्झौताअनुसार नेशनल मेडिकल कलेजले आकस्मिक तथा आपत्कालीन स्वास्थ्य सेवा, क्यासलेस थर्ड पार्टी इन्स्योरेन्स सुविधा प्रदान गर्नेछ।

यसैगरी, ओपीडी, डे–केयर, सामान्य बेड, आईसीयू, एनआईसीयू, पिक्यू, शल्यक्रिया, प्रयोगशाला परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, सीटी स्क्यान, एमआरआई, फार्मेसी तथा डेन्टल सेवामा विशेष छुट प्रदान गरिनेछ। विशेषगरी विकासात्मक चुनौती भएका बालबालिकाहरूका लागि छुट सुविधा थप प्राथमिकताका साथ लागू गरिने जनाइएको छ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी, सिआइओ इञ्जिनियर प्रदीप कुमार चौधरी तथा मार्केटिङ म्यानेजर जितेश चन्द्र दासको उपस्थिति रहेको थियो। त्यस्तै, आशा किरण केन्द्रका संस्थापक एवं अध्यक्ष सुनिल गुप्ता सहभागी हुनु भएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी पर्सा १३ नम्बर गणका एसपी पूर्णचन्द भट्ट, उद्योगपति शुरेश रुँगटा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश, कार्यक्रम अध्यक्ष सुनिल गुप्ता तथा प्रमुख अतिथि अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युटका अध्यक्ष डा. बसन्त पन्तलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सम्झौता एक वर्षका लागि लागू हुने र आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यस सहकार्यले स्वास्थ्य सेवा र सामाजिक दायित्वबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेज प्रा. लि. का अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी र आशा किरण केन्द्रका संस्थापक एवं अध्यक्ष सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...