प्याब्सन टि- १० क्रिक्रेट प्रतियोगिता : चौथो दिन पाँच खेल सम्पन्न , मिनिल्याड देखि एसआर ग्यालेक्सीसम्मको जित

Date:

पर्सा पोस्ट , असोज ०५ गते, बिरगंज ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालित दोस्रो संस्करणको अन्तर विद्यालय टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार चौथो दिन पाँच वटा रोमाञ्चक खेल सम्पन्न भएका छन्। आदर्शनगर रङ्गशालामा सम्पन्न खेलहरूमा केटा र केटी दुवै तर्फका विद्यालय टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

# चौथो दिनको पहिलो खेल केटा तर्फ मिनिल्यान्ड र मालिनीबीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा मिनिल्यान्डले मालिनीलाई ६ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो। उक्त खेलमा सानदार प्रदर्शन गरेका सचिन पासवान ‘प्लेयर अफ द म्याच’ घोषित भए।

# दोस्रो खेल केटी तर्फ साउथजोन र माउन्ट मकालुबीच सम्पन्न भयो। खेलमा साउथजोनले माउन्ट मकालुलाई ६० रनको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो प्रभुत्व जमाएको थियो। उत्कृष्ट खेल प्रदर्शनका लागि शिवानी साह ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
# तेस्रो खेल केटा तर्फ मनकामना र सन शाइनबीच भएको थियो। मनकामनाले सन्तुलित प्रदर्शन गर्दै सन शाइनलाई ३९ रनले पराजित गर्‍यो। उक्त खेलमा ओसिम आलम ‘प्लेयर अफ द म्याच’ बने।

# चौथो खेल केटी तर्फ जीवन ज्योति र सन लाइटबीच सम्पन्न भयो। जीवन ज्योतिले उत्कृष्ट प्रदर्शन गर्दै सन लाइटलाई १० विकेटले पराजित गर्‍यो। सो खेलमा सलोनी कलवार ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

# चौथो दिनको अन्तिम खेल केटा तर्फ सन लाइट र एस आर ग्यालेक्सीबीच भएको थियो। एस आर ग्यालेक्सीले सन लाइटलाई ९ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। उक्त खेलमा चन्दन यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगितामा सहभागी विद्यालय टोलीहरूबीच बढ्दो प्रतिस्पर्धाले दर्शकहरूलाई उत्साहित बनाएको आयोजकले जनाएको छ। प्रतियोगिता आगामी दिनहरूमा थप रोमाञ्चक खेलहरूसहित निरन्तर जारी रहनेछ।

भोलि आइतबार पाचौं दिनको पहिलो खेल केटि तर्फ विकन स्कुल र रोयल एकेडेमी बीच बिहान ९ देखि १० बजे बीच , दोस्रो खेल केटा तर्फ न्यु वेभ र साउथ जोन बीच १०:३० देखि ११:३० बजे हुने छ भने तेस्रो खेल केटी तर्फ मुनलाईट र गोल्डेन फ्युचर बीच १२:३० देखि १:३० बजेसम्म र चौथो खेल बोयज तर्फ श्री आदर्श र लिटिल फ्लावर बीच २:००देखि ३:०० सम्म र अन्तिम खेल केटि तर्फ चिल्ड्रेन वर्ल्ड र मास्कोट बीच ३:३० देखि ४:३० सम्म हुने आयोजक टिमले जानकारी दिएका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...