बिरगंज कपडा बैंकद्वारा घन्टाघरमा ११५० थान कपडा नि:सुल्क बितरण

Date:

पर्सा पोस्ट , पौष ०४ गते , वीरगन्ज ।
वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। गरिब, असहाय तथा विपन्न समुदायलाई लक्षित गरी आयोजित कार्यक्रममा नयाँ–पुराना गरी करिब १ हजार १ सय ५० थान कपडा वितरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिनुभयो।

कपडा बैंकले आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म वीरगन्ज महानगरपालिका–८ स्थित आफ्नै कार्यालयबाट नियमित रूपमा गरिब तथा असहायलाई नि:शुल्क कपडा उपलब्ध गराउँदै आएको छ। सोही अभियान अन्तर्गत प्रत्येक महिनामा घण्टाघरलगायत विभिन्न स्थानमा विशेष वितरण कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले जनाएको छ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथि रहनुभएको थियो भने बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता विशिष्ट अतिथिको रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, सदस्य राहुल गुप्ता, अधिवक्ता विनोद प्रसाद कुर्मी, अधिवक्ता आशुतोष तिवारी, समाजसेवी हुकुम सिंह, आइज नेपाल पर्साका कोषाध्यक्ष रुपशिला जैसवाल, संस्थाका सल्लाहकार श्रवण बहादुर रायमाझी तथा सदस्यहरू निला कुमारी राम, जानकी देवी, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, अभिलाष गुप्ता, सुमित राज गुप्तालगायतको सहभागिता रहेको थियो।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जो सँग धेरै कपडा छ, हामीलाई दिएर जानुस्, र जसलाई आवश्यक छ, हामीसँगबाट नि:शुल्क लिएर जानुस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले विगत ७ वर्षदेखि निरन्तर मानवसेवाको कार्य गर्दै आएको बताउनुभयो। आगलागी, बाढी, शीतलहर, चिसो यामजस्ता विपद्का बेला पीडितको घर–आँगनमै पुगेर लत्ताकपडासहित अन्य सामग्री सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले मानवता बलियो बनाउन सबैले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक सेवा खर्च गर्न बानी बसाल्न समेत आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...