प्याब्सन टि-१० क्रिक्रेट प्रतियोगिता : पाँच खेल सम्पन्न , उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मानित

Date:

पर्सा पोस्ट , पुस ०४ गते , बिरगंज ।
प्याब्सनको आयोजनामा सञ्चालन भइरहेको टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज विभिन्न विधामा पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। आदर्शनगर रङ्गशालामा सम्पन्न खेलहरूमा छात्रा तथा छात्र दुवै समूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

आज सम्पन्न खेलहरूको विवरण यस प्रकार रहेको छः

पहिलो खेल (गर्ल्स)
माउन्ट एडमण्ड र जीवन ज्योति विद्यालयबीच भएको खेलमा माउन्ट एडमण्डले ९ विकेटको शानदार जित हात पारेको छ। माउन्ट एडमण्डकी स्मृति कृति भुलाम उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित भइन्।

दोस्रो खेल (बोयज)
अल्पाइन र माउन्ट मकालुबीच भएको प्रतिस्पर्धामा अल्पाइनले २९ रनले जित दर्ता गर्‍यो। अल्पाइनका अजाद आलम उत्कृष्ट खेल प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित भए।

तेस्रो खेल (गर्ल्स)
गौतम र गुरुकुल विद्यालयबीच भएको खेलमा गौतमले ६० रनको फराकिलो जित हासिल गर्‍यो। गौतमकी श्रेष्का बस्नेतले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याचको उपाधि हात पारिन्।

चौथो खेल (गर्ल्स)
अल्पाइन र एस.आर. ग्यालेक्सीबीच भएको खेलमा एस.आर. ग्यालेक्सीले ५ विकेटले विजय हासिल गर्‍यो। एस.आर. ग्यालेक्सीकी रागनी कुशवाहा प्लेयर अफ द म्याच घोषित भइन्।

पाँचौँ खेल (बोयज)
गौतम र गोल्डेन फ्युचरबीच भएको खेलमा गोल्डेन फ्युचरले ७ विकेटको जित निकालेको छ। गोल्डेन फ्युचरका रेहान अन्सारी उत्कृष्ट खेल प्रदर्शनका कारण प्लेयर अफ द म्याच बने।

प्रतियोगितामा विद्यालयस्तरका खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ। आगामी दिनहरूमा थप प्रतिस्पर्धात्मक खेलहरू हुने आयोजकको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...