अजित कुमार भुजेल , बिरगंज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजना तथा नारायणी क्षेत्रिय अस्पताल बीरगंज र माइती नेपाल वीरगंज पर्साको बिशेष सहयोगमा प्रजनन स्वास्थ्य र लैङिक हिंसा सम्बन्धि कानुनी प्रावधान बारे परिक्षण दिएको थियो ।
वीरगंज महानगरपालिका वडा नं. २ स्थित आईडियल एकेडेमी छपकैया-२ को प्राङगणमा कक्षा ७, ८, ९ र १० का बिधार्थीहरुलाई प्रजनन स्वास्थ्य र लैंगिक हिंसा सम्बन्धि कानूनी प्रावधान बारे, नारायणी क्षेत्रिय अस्पताल OCMC शाखा प्रमुख हेमा थापाद्धारा प्रशिक्षण कार्यक्रम तथा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि जनचेतनामुलक प्रशिक्षण दिनु भएको थियो ।
उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षता तथा वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मिया हजामको प्रमुख आतिथ्यमा, माईती नेपाल वीरगंजका प्रमुख बिरेन्द्र गौतम , आईडियल एकेडेमी छपकैयाका प्रधानाध्यापक बिकाश राई , सौकत अली , सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का सचिब प्रबिण बिक्रम शाह , सदस्य अजित कुमार भुजेल , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार दुर्गा कुमार आले , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्र.ज दिपेन्द्र कुमार यादव, प्र.ज अविनेश राय, भिम बहादुर कपडयाल लगायतको उपस्थिति रहेको थियो।