प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धि कानुनी प्रावधानबारे प्रशिक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजना तथा नारायणी क्षेत्रिय अस्पताल बीरगंज र माइती नेपाल वीरगंज पर्साको बिशेष सहयोगमा प्रजनन स्वास्थ्य र लैङिक हिंसा सम्बन्धि कानुनी प्रावधान बारे परिक्षण दिएको थियो ।

वीरगंज महानगरपालिका वडा नं. २ स्थित आईडियल एकेडेमी छपकैया-२ को प्राङगणमा कक्षा ७, ८, ९ र १० का बिधार्थीहरुलाई प्रजनन स्वास्थ्य र लैंगिक हिंसा सम्बन्धि कानूनी प्रावधान बारे, नारायणी क्षेत्रिय अस्पताल OCMC शाखा प्रमुख हेमा थापाद्धारा प्रशिक्षण कार्यक्रम तथा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि जनचेतनामुलक प्रशिक्षण दिनु भएको थियो ।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षता तथा वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मिया हजामको प्रमुख आतिथ्यमा, माईती नेपाल वीरगंजका प्रमुख बिरेन्द्र गौतम , आईडियल एकेडेमी छपकैयाका प्रधानाध्यापक बिकाश राई , सौकत अली , सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का सचिब प्रबिण बिक्रम शाह , सदस्य अजित कुमार भुजेल , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ ,  प्रहरी हवल्दार दुर्गा कुमार आले ,  प्रहरी हवल्दार  देवेन्द्र कुमार पटेल , प्र.ज दिपेन्द्र कुमार यादव, प्र.ज अविनेश राय, भिम बहादुर कपडयाल लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...