रामगढवा एकता युवा क्लबद्वारा ट्राफिक जनचेतना कार्यक्रम , दुर्घटना न्यूनीकरणमा बलियो पहल

Date:

पर्सा पोस्ट, मंसिर १४ गते, बिरगन्ज ।
महानगरपालिका वडा नं. २४ रामगढवा एकता युवा क्लबको आयोजनामा सवारी दुर्घटना रोकथाम तथा न्युनिकरणबारे ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ। क्लबका पदाधिकारी, स्थानीयवासी तथा जिल्ला ट्राफिक कार्यालय पर्साको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रम सडक सुरक्षा, सुरक्षित ड्राइभिङ, ट्राफिक नियम पालन तथा सडक दुर्घटना न्युनिकरण सम्बन्धी विभिन्न व्यवहारिक पक्षहरूमा केन्द्रित रहेको थियो।

कार्यक्रमका वक्ताहरूले पछिल्ला दिनमा गति नियन्त्रणको अभाव, ट्राफिक नियम उल्लङ्घन, हेल्मेट र सीटबेल्ट नलगाउने प्रवृति दुर्घटनाका प्रमुख कारण रहेको भन्दै तथ्यांकसहित जानकारी प्रस्तुत गरे। साथै सहभागीहरूलाई दुर्घटना हुँदा प्राथमिक उपचार कसरी गर्ने, सडकमा जोखिम कसरी कम गर्ने, समुदाय स्तरमा जनचेतना कसरी विस्तार गर्ने भन्ने विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरिक्षक नवराज कटवालको विशेष समन्वय, रामगढवा एकता युवा क्लबका सदस्यहरूको पहल तथा स्थानीय समुदायको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजक पक्षले जनाएको छ।

सहभागीहरूले यस्तो जनचेतनामूलक गतिविधिले सडक सुरक्षा संवर्द्धन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...