सबैको सामुहिक प्रयासमा बैभव बिरगंज बन्ने दाबी :- मेयर सिंह

Date:

अजित कुमार भुजेल , बिरगंज । केही दिन देखि बिरगंजमा बढदै गएको चिसोलाई मध्यनजर गरि बिरगंज महानगरपालिकाको सहयोगमा सिरक बितरण गरेको छ ।

बिरगंज महानगरपालिकाको सहयोगमा सन्सारिमाई युवा समाजले वडा न. २१ मा रहेका बृद्धबृद्धा एंव विपन्न बर्गहरुलाई चिसोबाट बच्न सिरक वितरण गरेको हो ।

वडा न. २१ मा बुधबार आयोजित कार्यक्रममा बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंहले स्थानीयलाई दुई सय  सिरक बितरण गर्दै बिरगंजलाई बदल्ने अभियानमा सबैले हातेमालो गर्न आग्रह गरे ।

आफु एक्लैको प्रयासले परिवर्तन सम्भव नहुने भन्दै मेयर सिंहले हामी सबैको सामुहिक प्रयासमा वैभब बिरगंज बन्ने बताए ।

रमिता कुशवाहको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको सिरक वितरण कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार,साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी,कोषाध्यक्ष जिनु मियाँ,स्थानीय नेताहरू संजय मण्डल ,  मण्डल,पुरुषोत्तम पटेल, कृष्णा पटेल ,  नवीन मण्डल, सिपलाल राम  लगायत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...