जेष्ठ पत्रकार पेन्सन योजना तत्काल कार्यान्वयनमा लैजान आमसन्चार प्रबर्द्धन तथा नियमन समितिको आग्रह

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकालाई जेष्ठ पत्रकार पेन्सन योजना तत्काल कार्यान्वयनमा लैजान समितिले आग्रह गरेको छ ।

बिरगंज महानगरपालिकाको आम सञ्चार माध्यम प्रर्बद्रन् तथा नियमन समितिको आज सम्पन्न बैठकले जेष्ठ पत्रकार पेन्सन योजनाको कार्यविधि तयार भई सकेको हुदा त्यसलाई नगर परिषदबाट पारित गरेर कार्यान्वयनका लागि लैजाने निर्णय गरेको छ ।

बैठकले सन्चारकर्मीहरुका सूचना बिज्ञापन प्रकाशन बापत लेखा शाखामा रोकिएको भुक्तानीको लागि आवस्यक समन्वय गरि तत्काल भुक्तानी गराउने निर्णय गरेको छ ।

यसैगरी बैठकले महानगरपालिकाबाट जारी हुने सूचना बिज्ञापनहरु एकद्वार प्रणालीबाट बितरण गर्ने र सूचना शाखाबाट समानुपातिक ढंगले सूचना र बिज्ञापन बितरण गरि भुक्तानीका लागि सूचना शाखाको सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ ।

बैठकले सूचना शाखाको जानकारी बिना सूचना टेन्डरहरु जाने गरेको देखिएको हुदा अन्यथा यस्ता गतिविधिको जवाफदेही समिति नहुने निर्णय समेत गरेको छ ।

यसैगरी बैठकले लोककल्याणकारी बिज्ञापनको दोस्रो त्रैमासिक भुक्तानीको लागि आवस्यक प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।

आमसन्चार माध्यम प्रबर्द्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारीको अध्यक्षताना सम्पन्न बैठकमा समितिका सदस्य अनुप तिवारी , राम सरार्फ , मनोज पटेल , माधुरी महतो , अमित अग्रवाल , आबिद हुसेन , बृजलाल पासवान , महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकार , प्रकाशन प्रशारण तथा सूचना शाखा प्रमुख एवं समितिका सदस्य सचिव हरिओम प्रसाद चौधरी , कानुन अधिकृत ईश्वर बराल लगायको सहभागीता रहेकोे सन्योजक ध्रुब अधिकारीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...