श्री गुरुनानक सेवा प्रतिष्ठानद्वारा निसुल्क दन्त परिक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । श्री गुरुनानक सेवा प्रतिष्ठान शोध केन्द्र नेपालले बिरगंज वडा न. १४ पिपरामा अवस्थित गुरुकुल एकेडेमीमा निशुल्क २ दिवसीय दन्त परिक्षण शिविरको आयोजना गरेको छ ।

श्री गुरुनानक सेवा प्रतिष्ठान ,शोध केन्द्र नेपालका अध्यक्ष सरदार जसपाल सिंहको अध्यक्षतामा सञ्चालित निशुल्क दन्त शिविरमा बिहिबार र शुक्रबार गरि उक्त विद्यालयमा अध्ययनरत ८५० भन्दा बढी बालबालिका एवं शिक्षक कर्मचारीहरुको निशुल्क दन्त परिक्षण गरी सेवा प्रदान गरिने कार्यक्रम सन्चालनमा रहेको छ ।

सो शिविरमा शान्ती पोलि क्लिनिकका दन्त रोग विशेषज्ञ डा.विकास पटेल, डा. प्रकाश कुमार झा,डा. सम्झना यादव , डा. नेहा बर्णवाल र डा. अनु आचार्यले दन्त परिक्षण गरि सेवा प्रदान गरिरहेका छन ।

सो शिविरमा गुरुकुल एकेडेमीका प्रधानाध्यापक तेजेन्द्र कौर ,शिक्षक अमरजित कौर,वीरगन्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,प्रतिष्ठानका उपाध्यक्ष जतिन्दर सिंह ,सदस्यहरु हरविन्दर सिंह ,अभिनाष झा,रुपनारायण सिंह ,प्रमोद बहादुर भोला लगायत स्कुलका शिक्षकहरुको बाक्लो सहभागिता रहेको थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...