बिल बिजक भन्दा बढीको औंषधि तथा खुद्रा सामान लोड ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक बिरगंजबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा पर्सा जिल्ला  बिरगंज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.२ ख ९३५७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पर्सा प्रहरीले जनाएको छ ।

विल बिजक पनि संकास्पद देखिएको हुँदा अ.मु.रू.४५,९६,१०४।- (पैतालीस लाख छयानब्बे हजार एक सय चार) रुपैया बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै  राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...