अजित कुमार भुजेल , बिरगंज ।।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले डेङ्गु भाईरस रोगबाट कसरी जोगिने अथवा बाच्ने सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
बिरगंज महानगरपालिका वडा न. १० आदर्शनगर ग्रीनसिटी चौकमा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केंद्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रममा अन्दाजी महिला १८० र पुरुष १०० जना गरि टोटल २५० जनालाई सम्झाई बुझाई पर्चा पम्पलेट बितरण गरि कार्यक्रम सम्पन्न गरेको खेतानले जानकारी दिनुभयो ।
सो कार्यक्रममा प्रहरी चौकी आदर्शनगर वीरगंज , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा , प्रहरी चौकी आदर्शनगरका प्रहरी सहायक निरीक्षक राम सोगारथ प्रसाद यादव , प्रहरी वरिष्ठ हवल्दार देव दत प्रसाद कुशवाहा , प्रहरी बरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केंद्र आदर्शनगर वीरगंज पर्साका हवल्दार प्रेम राम , प्रहरी जवान बिबेक पाण्डेय , प्रहरी जवान जय प्रकाश राम समेतको सहभागीता रहेको थियो ।