अजित कुमार भुजेल , बिरगंज ।“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम सम्बन्धि पर्चा पम्पलेट बितरण गरेको थियो ।
सोमबार बिरगंज महानगरपालिका वडा नं.२ स्थित सामुदायिक प्रहरी बिट अगाडी सवारी दुर्घटना न्युनिकरण गर्नका निमित चालकहरुलाई ट्राफिक नियम सम्बन्धि अन्दाजी १५० थान जनचेतनामुलक पर्चा पम्पलेट बितरण गरि कार्यक्रम सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको बिशेष उपस्थितिमा सचिव प्रबिण बिक्रम शाह , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ, प्रहरी हवल्दार दुर्गा कुमार आले , प्र.स.ह प्रदिप कुमार यादव , चक्र बहादुर श्रेष्ठ र प्रहरी जवान दिपेन्द्र कुमार यादव लगायत स्थानियहरुको समेत उपस्थिति रहेको अध्यक्ष ठकुराईले जानकारी गराउनु भयो ।