समाजले चाहुन्जेलसम्म आफुलाई कुनै आमुक व्यक्तले हटाउन नसक्ने :- डा. भगवान यादव

Date:

अजित कुमार भुजेल , बिरगंज । केहि दिन अघि मात्र उमेरको हदको कारण देखाई हरि खेतान क्याम्पसका प्रमुख समेत रहेका डा. भगवान यादवलाई अनिवार्य अवकाश दिएको थियो ।

तर आज सोमबार हरि खेतान बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चालक समितिको फेरबदल नभएको प्रमुख डा. भगवान प्रसाद यादवले बताएका छन् ।

अबैधानिक तरिकाले फर्जि बिधान र माइन्युट तयार गरेर नभएका पद पाएँ भन्दै आफुलाई क्याम्पस प्रमुख पदबाट हटाइएको भन्ने हाँस्यासपद पत्राचार गर्नु आफैंमा आश्चर्य भएको बताएका हुन ।

पत्रकार सम्मेलनमा उहा निकै भावुक मुद्रामा आफ्नो रगत पसिना र रगत खर्चेर समाजले खडा गरेको हरिखेतान बहुमुखी क्याम्पसलाई समुदायबाट खोसेर निजीकरण गरि क्यक्तिको रजाएँ गर्ने परेड मैदान बनाउन खोजिएको षडयन्त्र कुनै हालतमा पनि बीरगंजेली नागरिक समाजले स्वीकार नगर्ने बताउनुभयो ।

उहाँले आफुलाई अपमानको बिष पिलाएर भक्तीभाव गर्ने खोजिएको भ्रममा कोही पनि नपर्ने चेतावनी समेत दिनुभयो । प्रमुख यादबले समाजले चाहुन्जेलसम्म आफुलाई कुनै आमूक व्यक्तले हटाउन नसक्ने चेतावनी समेत दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले बिभिन्न बित्तिय संस्थामा रहेको बैकको खाता संचालन रोकेर कलेजेका दैनिक काम कार्वाही र बिद्यार्थीहरुको फारम भर्ने काम रोकेर कुन खालको शिक्षा बिकासको कुरा गर्न खोजिएको हो आफु आश्चर्य चकित भएको समेत बताउनुभयो ।

उहाँले बारम्बार क्याम्पसलाई बदनाम गरेर मध्ये तराइकै शिक्षाको ज्योति छर्ने हरिखेतानको गुणस्तर अव केही नगन्य ब्यक्तिहरुलाई स्वीकार नहुनु स्वभाबिक भएको समेत बताउनु भयो । अझै उहाँले संचालक भनिएकाहरुको बित्तिय संस्थामा कलेजको खाता नखोल्दा बर्तमान अवस्था आएको समेत बताउनुभयो ।

उहाँले हजारौं गरिब र बिपन्न अभिभावकको छोराछोरीलाई सस्तो र सर्वसुलभ शिक्षा दिएको हरिखेतान बिरुद्ध भैरहेको सबै षडयन्त्र चकनाचुर हुने समेत बताउनु भयो । दैनिक रुपमा पठन पाठन नियमित भैरहेको खाताको पैसा झिकेर कथितहरुको रजाई गर्न नदिेन हर दिन भौतिक संरचना निर्माण गर्दे क्याम्पसलाई आफ्नै नेतृत्वमा अब्बल बनाउदै लगिने बताउनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...