अन्तर विद्यालय कबड्डि प्रतियोगिताको फाईनल खेलमा छात्र र छात्रा तर्फको दुबै खेलमा लिटिल फ्लावर स्कुल बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा जिल्ला कबड्डी संघले आयोजना गरेकाे अन्तर विद्यालय कबड्डी प्रतियोगिताको अन्तिम खेलमा छात्र र छात्रा तर्फकाे दुबै खेलमा लिटिल फ्लावर स्कुल विजयी भएकाे छ ।

बिरगंज महानगर पालिका वडा न.०९ स्थित बिरगंज पब्लिक स्कुल परिसरमा सोमबार भएको फाईनल खेल पर्सा जिल्ला कबड्डी संघका कार्यक्रम संयाेजक अमित सिंहको अध्यक्षतामा र बिरगंज महानगरपालिकाका नगर प्रमुख  राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको सो खेलमा विशिष्ट अतिथि बिरगंज पब्लिक स्कुल प्लस टु का निर्देशक मुकेश गुप्ता , अतिथि राेटरी क्लबका मुकेश मित्तल, समाज सेवी पीयूष अग्रवाल , राजनीतिक्रमी प्रेमबाबू पटेल, युवा नेता सुशील पटेल , वडा सदस्य कुंदन पटेल , रेफ्रि आकाश पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

फाइनल खेलमा छात्रा तर्फकाे पहिलाे खेलमा लिटिल फ्लावर स्कुलले सूर्याेदय स्कुललाई ५७-५१ अंकले हराउदै विजय प्राप्त गरेको छ  ।

लिटिल फ्लावर स्कुलकी जर्सी नम्बर ११ कि आरती प्लेयर अफ द म्याच बनेकी छिन भने बेस्ट रेडर सुर्योदय स्कुलकी जर्सी नं ५ मुस्कान गुप्ता र बेस्ट डिफेन्डर लिटिल फ्लावर स्कुलकी जर्सी नम्बर १४ राेशनी भण्डारी घाेषित भएकी छिन् ।

त्यसै गरि छात्र तर्फ लिटिल फ्लावर  स्कुलले एस आर ग्यालेक्सी स्कुललाई हराउदै उपाधी उचालेकाे छ । लिटिल फ्लावर स्कुलले ७८-४१ अंकले एस आर ग्यालेक्सीलाई पराजित गरेको हो ।  प्लेयर अफ द मेच एस आर ग्यालेक्सीका जर्सी नम्बर २ का लक्ष्मण साह भए ।

बेस्ट रेडर र बेस्ट डिफेन्डर लिटिल फ्लावर स्कुलका विश्वास यादव र विद्यासागर घाेषित भए । माेस्ट डिसिपिल्न ट्रफी सूर्याेदय स्कुल र लिटिल फ्लावर स्कुलले पाएकाे थियाे । बेस्ट काेचकाे ट्रफी डिएभी स्कुलका काेच उपेन्द्र पटेलले हात पारेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले विजेता र उपविजेता टिमलाई मेडल, ट्रफी र नगद पुरस्कार वितरण गर्नुभएको पर्सा जिल्ला कबड्डी संघका अध्यक्ष अमित अग्रवालले जानकारी दिनुभयो ।

कार्यक्रममा सहयाेग गर्ने संघ संस्थालाई मायाकाे चिनाे हस्तान्तरण पनि गरेका थिए । कार्यक्रमकाे सहजीकरण संघका सहसचिव श्याम सरार्फले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...