सेवालाई थप प्रभावकारी र जनमैत्रि बनाउने महानगरको निर्णय

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाको सेवालाई थप प्रभावकारी र सेवाग्राहीलाई सुलभ रुपमा सेवा प्रदान गर्ने विषयमा सोमबार बसेको बोर्ड बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।

महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्पूर्ण शाखालाई व्यवस्थित र सेवाग्राही मैत्री बनाउने निर्णय गरेको छ भने प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष हेरफेरका विषयमा पनि निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नगरप्रमुख रहेकै भवनको पहिलो तल्लामै राख्ने, नगर उपप्रमुखको सचिवालय रहेको पार्किङ क्षेत्र तर्फको ३ वटा कोठाबाट सचिवालय हटाएर आवश्यकता अनुसारको शाखा स्थानान्तरण गर्ने, अहिले खाली भएको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई उपप्रमुखको कार्यकक्ष विस्तार गर्न दिने बैठकले निर्णय गरेको छ ।

बैठकमा नगरवासीलाई सहज एवं सरल सेवा प्रदान गर्न सेवाग्राही मैत्री कार्यकक्षका लागि नयाँ प्रशासनिक भवन निर्माण गर्न जरुरी रहेको भनेर सुशासन तथा संस्थागत विकास समितिले बुझाएको प्रतिवेदन प्रति बैठकका सम्पूर्ण सदस्यले सहमति जनाएका थिए भने भवन व्यवस्थापनका लागि चाँडै नै प्रकृया थाल्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराइले जानकारी दिए ।

कार्यकक्षको विषयमा देखिएको विवाद समाधानका लागि ‘सुशासन तथा संस्थागत विकास समिति’लाई गत बिहीबारको बोर्ड बैठकले यथार्थ जानकारी सहित प्रतिबेदन बुझाउन समय दिएको थियो । समितिका संयोजक प्रदीप चौरसियाले बुझाएको प्रतिवेदनलाई बोर्डले सामान्य परिमार्जन सहित सर्वसम्मत पारित गरेको बोर्ड सदस्य समेत रहेका वडा नं. ८ का वडाध्यक्ष रितेश कुमार गुप्ताले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...