अजित कुमार भुजेल , बिरगंज । नेशनल प्याब्सन पर्साद्वारा आयोजित जुनियर टि 20 क्रिकेट टूर्नामेंट प्रतियोगिताको फाईनल खेल आज सोमबारको दिन सम्पन्न भएको छ।
बिरगंज महानगरपालिका स्थित नारायणी रंगशालामा आईडियल स्कुल र ज्ञान निकेतन स्कुल बीच फाईनल खेलको आयोजना भएको हो। आईडियल स्कुलले टस जितेर पहिलो बयाटिङ रोजेको थियोे भने ज्ञान निकेतन स्कुलले फिल्डिङ रोजेको थियोे।
उक्त प्रतियोगितामा प्रमुख अतिथी बिरगंज महानगरपालिकाको उपप्रमुख ईम्तियाज आलमको आतिथ्यमा सम्पन्न भएको थियोे भने विशिष्ट अतिथीमा पर्सा क्रीकेट संघका अध्यक्ष मनिष कुमार साहको उपस्थितिमा एवम् नेशनल प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा विशिष्ट अतिथीमा नेशनल प्याव्सनको केन्द्रिय उपाध्यक्ष डा० नन्दन यादव, सचिव इन्द्र देव शाह एवं अतिथिमा नेशनल प्याब्सन पर्साका उपाध्यक्ष बिनोद गुप्ता,कोषाध्यक्ष राजेश, सदस्यमा उत्तम गुप्ता,सोनालाल प्रसाद पटेल,शशी प्रकाश साह ,सौकत अलि , तारा श्रेष्ठ,मुनिलाल यादव एवम् यस जुनियर टि 20 क्रिकेट टूर्नामेंट प्रतियोगिताको संयोजक सन्तोष साह लगायतकाहरुको विशेष उपस्थिति रहेको थियोे।
उपमेयर ईम्तियाज आलमले सम्बोधन गर्दै भने नेशनल प्याव्सनको कार्य एकदम सराहनीय छ।त्यस्तै उनले मधेस सरकारले खेलकुद ऐन पारित गरे संगै अब प्रदेशमा खेलकुद प्रती सरकारले काम गर्न पाउने भएको बताए । मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावना लाई मध्यनजर गर्दै विभिन्न योजनाहरु ल्याउ खेलकुद मन्त्रालय लाई आवाहन समेत गरे। क्रीकेट खेल लोकप्रीय खेल भएको जिकिर गरे। क्रीकेट टुर्नामेट प्रतियोगिताले नेपाललाई विश्वकपमा पुर्याउन महत्त्त्वपूर्ण भुमिका खेलेको बताएका थिए।
आजको प्रतियोगितामा आईडियल स्कुलले टस जितेर पहिलो बयाटिङ गरि १० बिकेट गुमाई ११२ रन लिन सफल भएको थियोे भने ११३ रनको टार्गेट दिएको थियोे।
ज्ञान निकेतन स्कुलले ८ बिकेट गुमाएर १५ ओभरमा ८२ रनको स्कोर बनाउनु सफल भएको थियोे । त्यसै गरि ३० रनको स्कोरले आईडियल स्कुलले ट्रफि जितन सफल भएको थियोे।उक्त फाईन खेलका मैन अफ दि मैच आईडियल स्कुलका प्रीतम कुमार घोसित भएका थिए।
बेस्ट बलरको उपाधी ज्ञान निकेतन स्कुलका बलीराम साह लाई पाएको थियो भने बेष्ट बैट्समैनको उपाधी माउनट हरमन स्कुलका बिश्वनाथ दास लाई पाएको थियो,बेष्ट बिकेट किपर को उपाधी आइडीयल स्कुलका सदीक अन्सारी लाई पाएको थियो त्यसै गरि बेस्ट फिल्डर को उपाधी बिधा सदन स्कुलको समीर देवान लाई पाएको थियो,मैन अफ सिरिज ज्ञानउदय स्कुलका सरजैल अल्ली मन्सुरी लाई पाएको थियोे।
यस प्रतीयोगितामा बिजेता उप बिजेता सम्पुर्ण लाई प्रमुख अतिथि उपमेयर आलम द्वारा ट्रफि,मेडल एवम् मायाको चिनो दिईएको थियोे।
यस जुनियर टि 20 क्रिकेट टूर्नामेंट प्रतियोगितामा पर्सा जिल्ला भरी बाट नेशनल प्याब्सनमा आबद्ध १६ वटा बिधालयका बालबालिका छात्राहरु भाग लिएका थिए भनी नेशनल प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठले जानकारी गराएका थिए। ।उक्त कार्यक्रममा विभिन्न स्कुलका शिक्षक एवं संचारकर्मी लगाएतकाहरुको उपस्थिति रहेको थियोे। विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।
आजको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सन्तोष साहले गरेका थिए।उक्त खेलमा पर्सा जिल्लाका अम्पायर सतिश सिंह राजपुत र बारा जिल्लाका मैनुदिन अन्सारीले रेफ्रीको अहम भुमिका निभाएका थिए।