समाचार प्रकाशनको विषयलाई लिएर यात्रा डेलिका सन्चारकर्मीमाथि द्रुव्यवहार , प्रहरीमा उजुरी

Date:

पर्सा पोस्ट , असार ०३ गते , वीरगञ्ज ।
समाचार प्रकाशन गरेको विषयलाई लिएर वीरगञ्जस्थित अनलाइन सञ्चारमाध्यम यात्रा डेली डटकम का सञ्चारकर्मीमाथि दुव्र्यवहार भएको घटना सार्वजनिक भएको छ। समाचारप्रति असन्तुष्टि जनाउँदै केही व्यक्तिहरू कार्यालयमै पुगेर गालीगलौज, धम्की तथा आक्रमणको प्रयास गरेको आरोप लागेको हो।

यात्रा डेली डटकममा असार २ गते प्रकाशित “वीरगञ्जका चार ब्युटी पार्लरमाथि कारबाही” शीर्षकको समाचारप्रति असन्तुष्टि जनाउँदै वीरगञ्ज महानगरपालिका–६ घण्टाघर चोकस्थित हेयर ट्याग सैलुनमा कार्यरत हरिकिशोर साहसहित ८ देखि १० जनाको समूह रानीघाटस्थित यात्रा डेलीको कार्यालय पुगेको बताइएको छ।

यात्रा डेली प्रालिका अध्यक्ष राम सर्राफका अनुसार उक्त समूहले कार्यालयमा प्रवेश गरी समाचारमा आफ्नो सैलुनको नाम किन उल्लेख गरिएको भन्दै सञ्चारकर्मी तथा कर्मचारीमाथि गालीगलौज, धम्की र दुव्र्यवहार गरेको थियो। उनीहरूले कार्यालयको वातावरण नै असुरक्षित बनाउने गरी व्यवहार गरेको आरोप लगाइएको छ।

घटनापछि शान्ति सुरक्षाको माग गर्दै हरिकिशोर साहसहित संलग्न व्यक्तिहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरिएको अध्यक्ष सर्राफले जानकारी दिएका छन्। उनका अनुसार दर्ता नम्बर १७६६४ अन्तर्गत उजुरी दर्ता गरी घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले यात्रा डेलीको कार्यालयमा पुगेर सञ्चारकर्मीमाथि दुव्र्यवहार गरिएको सम्बन्धमा लिखित उजुरी प्राप्त भएको पुष्टि गरेका छन्। उनले उजुरीका आधारमा घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
सूचना अधिकारी बस्नेतले कुनै समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै सञ्चारकर्मीलाई डर–त्रास देखाउने, दबाब दिने वा आक्रमणको प्रयास गर्ने कार्य कानुनविपरीत भएको बताए।

उनले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
घटनापछि प्रेस स्वतन्त्रता, सञ्चारकर्मीको सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको विषय पुनः चर्चामा आएको छ। स्थानीय पत्रकार तथा सञ्चारकर्मीहरूले समाचारप्रति असन्तुष्टि भए कानुनी बाटो रोज्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले सञ्चार संस्थामाथि हुने धम्की, दुव्र्यवहार तथा दबाबका घटनाले स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर पर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ पर्सासहित विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन्। साथै सञ्चारकर्मीको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सकारात्मक सोच र आत्मपरिवर्तनले जीवन सफल बन्छ : बिमल सराफ

पर्सा पोस्ट , साउन ०३ गते , रक्सौल, पूर्वी...

रक्सौलमा ” श्री बिमला ट्रेडर्स ” को भब्य उद्घाटन

पर्सा पोस्ट , असार ०३ गते , रक्सौल, पूर्वी...

जिवनलाई सकारात्मक सोचले उज्यालो बनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , असार ०३ गते , रक्सौल, पूर्वी...