ट्राफिक व्यवस्थापनमा योगदान पुर्याएका प्रहरी निरीक्षक युवराज कटुवाल सम्मानसहित बिदाइ

Date:

पर्सा पोस्ट , असार ०३ गते , वीरगञ्ज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई सम्मानसहित बिदाइ गरिएको छ। देश मधेश डटकम अनलाइनका अध्यक्ष एवं सञ्चारकर्मी अभिलाष गुप्ता तथा सञ्चारकर्मी सन्तोष कुशवाहाले संयुक्त रूपमा खादा, माला तथा सम्मानपत्र प्रदान गर्दै कटवाललाई सम्मानपूर्वक बिदाइ गरेका हुन्।

वीरगञ्जमा आयोजित बिदाइ कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरूले पर्सा जिल्लामा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन प्रहरी निरीक्षक कटवालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए।

उनीहरूले कटवालको कार्यकालमा मुख्य बजार क्षेत्र, व्यस्त सडक तथा सीमावर्ती नाकाहरूमा ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनेको उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि तथा सर्वसाधारणलाई सुरक्षित यात्राका लागि प्रेरित गर्ने अभियानहरू प्रशंसनीय रहेको बताए।

कार्यक्रममा सञ्चारकर्मी अभिलाष गुप्ता र सन्तोष कुशवाहाले कटवालको व्यावसायिक दक्षता, अनुशासित कार्यशैली तथा सेवामुखी व्यवहारको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले प्रहरी र सञ्चार क्षेत्रबीच समन्वय कायम गर्दै जनहितका विषयमा सहकार्य गरेको उल्लेख गर्दै आगामी कार्यजिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गरे।

सम्मान ग्रहणपछि बोल्दै प्रहरी निरीक्षक युवराज कटवालले आफ्नो कार्यकालभर सञ्चारकर्मी, स्थानीयवासी तथा सरोकारवाला निकायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे। उनले ट्राफिक सचेतना र सडक सुरक्षाका अभियानलाई अझ प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

बिदाइ कार्यक्रममा सहभागीहरूले प्रहरी निरीक्षक कटवालको नागरिकमैत्री व्यवहार, कर्तव्यनिष्ठा र नेतृत्व क्षमताको प्रशंसा गर्दै उनको आगामी कार्ययात्रा सफल, फलदायी तथा उदाहरणीय रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सकारात्मक सोच र आत्मपरिवर्तनले जीवन सफल बन्छ : बिमल सराफ

पर्सा पोस्ट , साउन ०३ गते , रक्सौल, पूर्वी...

रक्सौलमा ” श्री बिमला ट्रेडर्स ” को भब्य उद्घाटन

पर्सा पोस्ट , असार ०३ गते , रक्सौल, पूर्वी...

जिवनलाई सकारात्मक सोचले उज्यालो बनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , असार ०३ गते , रक्सौल, पूर्वी...