महासंघको टोलिले आज कार्यवाहक मेयर आलमलाई बुझाए ५ बुँदे मागसहितको ज्ञापनपत्र

Date:

पर्सा पोस्ट , असार ३ गते , वीरगञ्ज ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले सञ्चारमाध्यम तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित रोकिएको रकम निकासा, लोककल्याणकारी सूचना वितरण तथा कानुनी व्यवस्था कार्यान्वयनको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमलाई ज्ञापनपत्र बुझाएको छ।

महासंघको टोलीले आज कार्यवाहक मेयर आलमलाई उहाँकै कार्यकक्षमा भेट गरी ५ बुँदे मागसहितको ज्ञापनपत्र हस्तान्तरण गरेको हो। ज्ञापनपत्र बुझाउने टोलीमा नेपाल पत्रकार महासंघ पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय महतो, सहसचिव अजय चौरसिया, सदस्य रितेश झा, अजित भुजेल, संस्थापक सदस्य शंकर खतिवडा, राजन रौनियार, सन्जिव गुप्ता तथा शेषमन पण्डित सहभागी रहेका थिए।

महासंघले वीरगञ्ज महानगरपालिकाले सञ्चार क्षेत्रको विकास, प्रेस स्वतन्त्रता तथा स्थानीय सञ्चारमाध्यमको संरक्षणका लागि बनाइएका नीतिगत व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। ज्ञापनपत्रमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको लोककल्याणकारी सूचना रकम तत्काल निकासा गर्न, सञ्चारमाध्यमलाई बाँकी रहेको भुक्तानी अविलम्ब उपलब्ध गराउन तथा साप्ताहिक पत्रपत्रिकामाथि गरिएको विभेदकारी व्यवहार अन्त्य गर्न माग गरिएको छ।

त्यसैगरी महासंघले नेपाल पत्रकार महासंघ पर्साको संस्थागत विकासका लागि छुट्याइएको बजेट उपलब्ध गराउन तथा स्थानीय आमसञ्चार प्रवर्द्धनसम्बन्धी कानुनमा व्यवस्था गरिएको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रम तत्काल कार्यान्वयन गर्न समेत माग गरेको छ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख आलमले पत्रकारिता क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले सञ्चार क्षेत्रका जायज मागप्रति महानगरपालिका सकारात्मक रहेको बताएका थिए। उनले महासंघले उठाएका विषयहरू अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

ध्यान मानव आत्माको अमृत यात्रा हो: बिमल सरार्फ

पर्सा पोस्ट , असार ०६ गते , रक्सौल, पूर्वी...

नारायणी अस्पतालमा ३ बर्षदेखि निरन्तर नि:शुल्क भोजन सेवा : सत्य साई सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल...

श्री बिन्दवासिनि माई टि -२० क्रिक्रेट प्रतियोगिता भब्य रुपमा उद्घाटन

पर्सा पोस्ट , असार ०६ गते , वीरगञ्ज । वीरगञ्ज...