बिरगंजमा चल्ने टागाहरुलाई बाटोको निकास तथा सरसफाइ सम्बन्धि ३ बुन्दे नियम लागू , नियम नमाने कार्वाही गरिने

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम  अन्तर्गत बिरगंज महानगरपालिका वडा नं १६ शंकराचार्य गेट अगाडी मितेरी पुल देखि रजतजयन्ती चौक ,बाइपासकाे रोडकाे बाटो हुँदै नयाँ बसपार्क जानेंबाटो टाँगालाई व्यवस्थित गर्ने काम गरेको थियो ।

बिरगंज  महानगरपालिकाको कार्यालय  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा , प्रहरी चौकी इनर्वा बिरगंज पर्सा र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० बिरगंज पर्साको संयूक्त आयोजनामा  विरगंजको शङ्कराचार्य गेटदेखि रजतजयन्ती चौक हुँदै बाइपास रोड ,नयाँ बस पार्कसम्म बिरगंज महानगर पालिकाका निजी साझेदार शिव गुप्ता सरसफाई निजी ठेकेदार शिव गुप्ता लगायत र नगर पालिकाका एक्शन टिम लगायत अन्दाजी १५० जनाको उपस्थितिमा टागावालाहरुले रोडमै धेरैं नैं फोहोर गरेको हुँदा फोहोर नगरौ , बस पार्कको बाटो टाँगा चलाऊ  र बाटोको निकास, तथा सरसफाई सम्बन्धी निम्न बुँदाहरू माथि सम्झाई बुझाइ  कार्यक्रम सम्पन्न गरेको थियो ।

(१) टाँगा वालाको हकमा टाँगावालाको बाटो मितेरी पूलदेखी लिएर बाईपासरोड हुदै नयाँ बस पार्क सम्म जाने।                    

(२) बिरगंजलाई स्वँच्छ तथा हराभरा बनाउने अन्तर्गत टाँगाको घोडाले बाटोमा दिशा पिसाब गरेको पाईएमा टाँगा चालकले व्यवस्थापन गर्न जिम्मा लिने।                 
(३) अब उप्रान्त बाटोमा घोडाको मल मुत्रफालेको देखिएमा बिरगंज  महानगरपालिकाको नियम अनुसार कार्वाहीको भागीदारी हुने सम्बन्धी सम्झाईबुझाई कार्यक्रम सम्पन्न गरेको थियो ।

सो कार्यक्रमा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान , प्रहरी चौकि ईनर्वाका प्रहरी वरिष्ठ नायव निरीक्षक योगेन्द्र थापा, बिरगंज महानगर पालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मिया , छोटेलाल कुशवाहा , ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका प्रहरी बरिष्ठ हवलदार प्रेम राम , प्रहरी सहायक हवल्दार अजिता घिमीरे , प्रहरी जवान अमर सि साउद लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...