फोर .जि. आर. को सहयोगमा छ्पकैयामा मुस्लिम धर्मावलम्बीहरुलाई अफतारि बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बीरगंज महानगरपालिका वडा न. २ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र, छपकैया अगाडि अफतारी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया -२ बिरगंज पर्साको आयोजनामा तथा फोर.जी.आर.को विशेष सहयोगमा १०० जना मुस्लिम धर्मावलम्बीहरूलाई रोजा खोल्ने (अफतारी) सामाग्री वितरण गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षता भएको कार्यक्रममा फोर.जी.आर.का अध्यक्ष नूतन सरावगी, अस्तुती सरावगी, सोनी चचान, देवकी चचान, सुरुचना गुप्ता, नैनसी अग्रवाल, सिमा गाडिया, पुष्पा गाडिया, अफसाना खान, प्रिया सिंह तथा सामुदायिक सेवा केन्द्र छ्पकैया -२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबिण बिक्रम शाह , सहसचिव मदन कुमार गुप्ता , कोषाध्यक्ष प्रेम कुमारी सिंह , प्रहरी सहायक निरीक्षक कृष्ण सिंह ठकुरी ,प्रहरी हवल्दार शिवसंकर पन्डित लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस कार्यक्रमले समुदायमा आपसी सदभाव , भाईचारा र मित्रता अभिवृद्धि गर्ने विश्वास गरिएको अध्यक्ष ठकुराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...