नेबि संघको आधिकारिक उमेदवार धानुक समुह हो:- सभापति क्षेत्री

Date:

अजित कुमार भुजेल , बिरगंज । ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियका(स्व.वि.यु) अध्यक्ष पदका लागि नेपाल विद्यार्थी संघ( नेविसंघ)को आधिकारिक उम्मेदवार विकास मण्डल धानुक नेतृत्वकोे समुह रहेको नेपाली काँग्रेस पर्साले जनाएको छ।

नेपाली काँग्रेस पर्साका जिल्ला सभापति एवम् मधेस प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषी सहकारी मन्त्री जर्नादन सिंह क्षेत्रीले सोमबार बिरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मण्डल नेतृत्वमा रहेको समुहलाई नै आधिकारिक भएको घोषणा गर्नु भयो ।

उहाँले ने.वि संघको नाम र संघ तथा पार्टीको झण्डालाई दुरुपयोग गर्दै केही व्यक्तिले भ्रमको खेती गरेकाले त्यस्ताको पछाडी नलागि मण्डल नेतृत्वको समुहलाई मतदान गरी निर्वाचित गराउन ने.वि संघमा आवद्ध रहेका विद्यार्थीहरुलाई सभापति सिंहले आह्वान गर्नुभयो ।

ने.वि संघ र पार्टीको  झण्डालाई दुरुपयोग गर्दै आफुलाई आधिकारिक उम्मेदवार दावी गर्नेहरु विरुद्ध कार्वाही गर्न पार्टीले ठाकुरराम बहुमुखि क्याम्पसका प्रमुखलाई पत्रचार समेत गरेको सभापति सिंहले संचारकर्मीहरु
लाई जानकारि दिनुभयो ।

सो पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी ,नेपाली काङ्ग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्याय, नेबि संघका पुर्व सभापति नबिन सिंह लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सहानुभूति , प्रेम र करुणा बिना जीवन अधुरो : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०४ गते , रक्सौल, पूर्वी...

सकारात्मक सोच र आत्मपरिवर्तनले जीवन सफल बन्छ : बिमल सराफ

पर्सा पोस्ट , साउन ०३ गते , रक्सौल, पूर्वी...

रक्सौलमा ” श्री बिमला ट्रेडर्स ” को भब्य उद्घाटन

पर्सा पोस्ट , असार ०३ गते , रक्सौल, पूर्वी...