बिश्व उपभोक्ता अधिकार दिवस -२०८१ बिरगंजमा पनि मनाईयो ।

Date:

अजित कुमार भुजेल, बिरगंज । बिश्व उपभोक्ता अधिकार दिवस- २०८१ बिरगंजमा पनि मनाईयो ।

बिश्व उपभोक्ता अधिकार दिवसको मुल नारा थियो , स्वच्छ र प्रतिस्पर्धा बजार , उपभोक्ता संरक्षणको दिगो आधार । हरेक बर्ष मार्च १५ गते बिश्वभरी मनाउने गर्दछ। सोहि अनुरुप बिरगंज उद्योग वाणिज्य संघको सभाहलमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

उद्योग बिभाग बिरगंज पर्सा र वाणिज्य आपुर्ति तथा उपभोक्ता  संरक्षण कार्यालय वीरगंज पर्साको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो  । 

उद्योग बिभाग बिरगंजका  निमित्त महानिर्देशक रिमा साहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशान्त राज गौतमले ब्यानर पढेर कार्यक्रमको उद्घाटन
गर्नु भएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख सुनिल चौरसियाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्र समाप्त लगत्तै फ्लोर ओपन पछी जिज्ञासा राख्दै उपस्थित वक्ताहरुले बजार अनुगमन गरेको र जरिवाना समेत गरेको भएपनि बजार सुधारमुखी नभएको भन्दै जरिवाना , दण्ड सजाय पारदर्शी हुनु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरि सन्चारकर्मी आनद पटेलले बाजारमा मूल्य एकरुपता नहुदा उपभोक्ता अन्योलमा परेको हुदा त्यसलाई समयमै सच्याउन आग्रह गरेका थिए ।

बिरगंज रहेका ठुलठुला अस्पताल र ल्याबमा म्याद गुज्रिएको केमिकलको प्रयोगले गर्दा रिपोर्ट फरक फरक आएकोले त्यसतर्फ अनुगमन गर्न  सन्चारकर्मी अजय चौरसीयाले आग्रह गरेका थिए ।
 
अर्का व्यवसायी अनुप अग्रवालले स्वच्छ , प्रतिस्पर्धा बजारमा एकातिर उत्पादन र म्याद गुज्रिएको मिति   उल्लेख हुनु पर्ने , मुल्य उल्लेख हुनुका साथै त्यो सामाग्री नक्कली हो सक्कली त्यसतर्फ पनि ध्यान दिन आग्रह गर्दै बिरगंजमा नक्कली कष्टमेटिकका सामाग्री खुल्लम खुल्ला बिक्रि हुदा पनि राज्यले कार्वाही गर्न नसेकोमा आफुलाई आचर्य लागेको भन्दै त्यस्ता गिरोहलाई तहलगाउन निमयन निकायलाई आग्रह गरेका थिए ।

त्यसैगरि  कार्यक्रमका प्रमुख अतिथी  निसान्त राज गौतमले स्वच्छ प्रतिस्पर्धा बजार बनाउन धेरै चुनौती रहेको भन्दै बजारमा ३ खेलाडी रहेको भन्दै पहिलो खेलाडी भनेको उत्पादक , बिक्रेता , दोस्रो खेलाडी  भनेको उपभोक्ता र तेस्रो खेलाडीमा नियमन निकाय रहेको बताए ।

त्यसलाई सन्तुलन राख्न बजार अनुगमनलाई प्रभावकारी र सफल बनाउन बहु सरोकारवालाको भुमिका आवश्यक रहेको भन्दै उत्पादक र उपभोक्ता दुवै सजग हुन आवश्यक रहेको बताए ।

उनले मुल्य निर्धारणमा मनोमनी  भएको स्विकार्दै  त्यसलाई सुधार गर्नुपर्ने बाचा गरे । उहाँले समान खरिद गर्दा स्वच्छ , गुणस्तरिय बस्तु खरिद गर्न बिशेष ध्यान दिन आग्रह गर्दै  बजारमा उपभोक्तालाई ठगिने कुनै कार्य भएमा तत्काल हामीलाई जानकारी गराउन समेत अनुरोध गरेका थिए । 
 
उपभोक्ता हित संरक्षण मञ्च पर्सा उपाध्यक्ष अजित कुमार भुजेलले बजार अनुगमन पश्चात हुने दण्ड जरिवानालाई पारदर्शी बनाउन सुझाव दिए । उनले आजकै दिन उपभोक्ता अदालत गठन भएको जानकारी दिदै बजार अनुगमनको क्रममा देखिएका कमी कमजोरीलाई सुधार गर्न सुझाव दिए ।उनले बिगतमा भएका अनुगमनका क्रममा बिभिन्न शंका उपशंका देखा परेकोले अगामी दिनमा त्यसलाई पारदर्शी तरिकाले संचालन गर्न आग्रह गरेका थिए । 

कार्यक्रमा कालिकामाई गाँउपालिका उपप्रमुख राजमती देवी , जिराभवानी गाउपालिकाका उपाध्यक्ष रेखा चौधरी , वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रबाल , बरिष्ठ उपाध्यक्ष हरी गौतम,उपाध्यक्ष  माधव राजपाल, पोखरीया नगरपालिकाका प्रमुख प्रशासनकिय अधिकृत बिनय कुमार श्रीवास्तव, सशस्त्र प्रहरी गण १३ नम्बरका सशस्त्र प्रहरी नायब उपरीक्षक  महेन्द्र सिंह धामी , उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष सुनिल श्रेष्ठ , नेपाल पत्रकार महासंघ पर्साका सहसचिव अजय चौरसिया , कन्जुमर आई नेपालका रन्जु फ्युयाल  , उपभोक्ताकर्मी , संचारकर्मी र व्यापारीहरुको समेत उपस्थिती रहेको थियो ।  

स्वागत कार्यक्रम वाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका निमित्त प्रमुख सुनिल चौरसियाले र  कार्यक्रमको सहजीकरण उद्योग बिभागका उमेश कुमार कुशवाहले गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...