अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा होलि मिलन समारोह तथा सुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बिरगंज महानगर पालिका वडा न.१५ स्थित पोखरी रिसोर्टमा आज होलि विशेष कार्यक्रमको आयोजना गरि मनाएका थिए ।
विभिन्न रंगको पर्व होलि भएको हुनाले जिवनलाई पनि यसैगरि सधै रंगिन बनाओस , होलि पर्वले एकआपसमा एकताबद्व , आपसी सद्भभाव , आपसी एकता , भाईचारा अभिबृद्वि र हर्षाेउल्लासका साथ सब्य र भब्बे रुपमा मनाउने पर्व भएकोले उपस्थित सबैले एकअर्कालाई रंग दलेर खुशि साटासाट गरेका थिए ।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्ष भएको सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल , जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलाई अध्यक्ष यादबले विभिन्न रंग बिरङ्गि अबिर लगाई होलि सुरु गरिएको थियो ।
त्यसैगरि नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समितिका संयोजक केसि लामिछाने , मधेस प्रदेश अध्यक्ष श्याम बन्जरा, प्रदेश सचिव दिपक गौतम , पर्सा अध्यक्ष ओमप्रकाश खनाल , सचिब बिजय चौहान , सहसचिव अजय चौरसिया , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कृष्ण उदास खनाल , प्रतिनिधि सन्तोष पौडेल , मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर , सचिव रन्जित पाण्डे , पुर्व सचिब मुनेश लायो मगर , प्रदेश सदस्य दिपेन्द्र कुमार साह , भरत सरार्फ , प्रदेश प्रतिनिधि रुपेश बर्मा , सचिब अजित भुजेल , सहसचिव बिदुर गौतम , रन्जित यादव , कोषाध्यक्ष सन्जित गुप्ता , सदस्य रितेश झा, प्रणय साह , बलिराम यादव , सन्जोग गिरि , संतोष कुमार कुशवाह , अमिर मन्सुरी , शशि बिचित्र , अनिल ओझा, रन्जित चौरसिया , लगायतका सन्चारकर्मीलाई पनि अबिर टीका लगाएर सुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
सो कार्यक्रममा होलिका विभिन्न गितमा नृत्य समेत गरि खुशी साटासाट गर्दै रमाइलो गरेको थियो ।
कार्यक्रमको सहजीकरण प्रेस सेन्टर पर्साका सचिव अजित कुमार भुजेलले गरेका थिए ।