भगवती टोल सुधार समितिद्वारा होलि मिलन समारोह कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । भगवती टोल सुधार समितीले होलि पर्वको पुर्व सन्ध्यामा मंगलबार बिरगंज वडा न. ४ भगवती टोल स्थित बिर्तामाइ धर्मशाला एवं बिवाह भवनको सभाहलमा होलि मिलन समारोह कार्यक्रम सम्पन्न भएको  छ ।

सो कार्यक्रममा सहभागीहरूले एकआपसमा उल्लास र प्रेमका साथ एकअर्कालाइ अबिर लगाइ खुशियाली साटदै होलीको शुभकामना आदानप्रदान गरेका थिए ।

भगवती टोल सुधार समितिका अध्यक्ष बिपत गोसाईको अध्यक्षता एवं वरिष्ठ सल्लाहकार समाजसेवी प्रकाश उपाध्यायको प्रमुख आतिथ्य तथा बिरगंज महानगरपालिका वडा न. ४ का वडा सदस्य शर्मा गोसाई ,महिला वडा सदस्य लिलावती देविको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा अतिथिहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी , भगवतिटोल दुर्गापुजा समितिका अध्यक्ष एवं बिकनस्कुलका निर्देशक शार्दुल भट्टराई ,लालिगुरास क्ल्बका उपाध्यक्ष रामेश्वर ताम्राकस्र ,समाजसेवी नगिया देवि,सरिता साह , सुभाष सिंह ,सुमित पटेल, गोलु लगायत समितिका  पदाधिकारी , सदस्यहरुको साथै स्थानिय अग्रज , महिला,
युवाहरुको बाक्लो सहभागी रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथी उपाध्यायले होलि पर्व हर्षोउल्लास र आपसी एकता भाइचाराको पर्व भएकोले आउदो होलि पर्वलाइ हामिसबैले ब्यक्ति , परिवार , समाज , देशलाई एकताबद्ध बनाउन  समाजमा शान्ति, सुव्यवस्था र आपसी सद्भाव बलियो बनाउने गरि पारम्परिक रुपमा मनाउन आग्रह गर्दै सम्पुर्णलाई हार्दिक बधाई शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी अतिथिहरूले होली पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता सामाजिक गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको  कार्यक्रममा होलिका विभिन्न पारम्परिक गितहरु गाइबजाई सबैजना नाच्दै रमाएका थिए भने सहजीकरण समितिका सचिव मुनलाइट स्कुलका निर्देशक श्याम केसिले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...