अजित कुमार भुजेल , बिरगंज । प्याब्सन पर्साले आयोजना गरेको प्याब्सन राज होजियारि जुनियर फुटबल नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको पहिलो खेल सफल एकेडेमी र नवदिप एकेडेमी बीच भएको खेलमा नवदिप एकेडेमी १-० ले बिजयी भएको छ । खेलको म्यान अफ दि म्याच नवदिप एकेडेमीका अकलेस ठाकुर घोषित भएका थिए ।
आजै भएको दोस्रो खेल लिटिल फ्लावर र एमईएस स्कुल बीच भएको खेलमा लिटिल फ्लावर ८-० ले बिजयी भएको छ भने खेलको म्यान अफ दि म्याच अर्यान मण्डल घोषित भएका थिए ।
तेस्रो खेल लिटिल एन्जल्स र ज्ञानज्योति बीच भएको खेलमा ज्ञानज्योति १-० ले बिजयी भएको थियो ।सो खेलको म्यान अफ दि म्याच ज्ञानज्योतिका अन्कित कुशवाह घोषित भए ।
चौथो खेलमा ठोरि एकेडेमी बिजयी भएको छ । ब्लु हेबन र ठोरि एकेडेमी बीच भएको खेलमा ठोरि एकेडेमी ८-० को अन्तरले ठोरि एकेडेमी बिजयी भएका थिए । सो खेलमा ठोरि एकेडेमीका आनन्द परियार म्यान अफ दि म्याच घोषित भएका थिए ।
म्यान अफ दि म्याच घोषित सबैलाई जनही नगद ५०० का दरले सम्मानित गरिएको फुटबल सन्योजक प्रबीण चौधरीले जानकारि दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्सा पछाडिको प्रदेश विपद व्यावस्थापन गुल्मको खेल मैदानमा फुटबल खेल जारी रहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिनुभयो ।