अजित कुमार भुजेल , बिरगंज । विद्यापति नगर टोल सुधार समिति श्रीपुर ११ को नयाँ गठित कार्यसमितीको अध्यक्ष श्री एकबाली प्रसाद यादवको अध्यक्षतामा तथा बिभिन्न व्यक्तित्वहरुको सहभागितामा टोलको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
विद्यापति नगरको सुधार , विकास र समृद्धिको लागि अझै राम्रो काम र कार्यक्रमहरु गर्ने छौ भने कुरा अध्यक्षले जानकारी गराउनु भयो।
सो कार्यक्रममा यस टोलको युवाहरुको र रानीघाट अस्थायी प्रहरी चौकीको सहायक प्रहरी निरीक्षकको पनि सहभागीतामा कार्यक्रम सम्पन्न भएको सन्चारकर्मि सम्भु महतो थारुले जानकारी दिनुभयो ।