सामुदायिक प्रहरी सेवा कुम्हालटोलद्वारा अबैध लोकल घरेलुु मदिरा १०० लिटर नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी सेवा कुम्हालटाेलद्वारा अवैध लोकल मदिरा नियन्त्रण लिईएको हो। शनिबार सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका अध्यक्ष रमेश चौधरीको नेतृत्वमा गएको टोलिद्वारा सो अवैध लोकल मदिरा नियन्त्रणमा लिईएको हो।

बिरगंजको रेल्वे रोडमा रहेको मदिरा पसलबाट एवम् नगवा चौक, बोखार चौक ,जेलरोड चौक आसपासको मदिरा पसलमाबाट नियन्त्रणमा लिईएको हो।

पर्सा प्रहरीले अवैध रूपमा सञ्चालित घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आइरहेको छ। त्यहि अभियान अन्तर्गत आज यो कार्य गरिएको अध्यक्ष रमेश चौधरीले जानकारी गराएका थिए । उनले भने सामुदायिक प्रहरी सेवाको भूमिका सशक्त बनाउन नागरिक सहभागिता आवश्यक रहेकोमा समेत जोड दिएका थिए।

आज करिब १ सय लिटर तयारी अवैध लोकल घरेलु मदिरा नियन्त्रणमा लिईएको हो। उक्त अवैध लोकल घरेलु मदिरा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको टोलि लाई बुझाईएको एवम् भोलि नस्ट गरिने जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...