अजित कुमार भुजेल , बिरगंज।बिरगंजको आदर्शनगर स्थित होटेल त्रिसलामा चाइल्ड रेस्क्यु नेपाल एवम् छोरा छोरी नेपाल संयुक्त आयोजनामा र सानो पाइलाको सहयोगमा बालश्रम रोकथाम तथा बाल श्रमिकहरूको संरक्षणका लागि सरोकारवालाहरू बीच
गोलमेच छलफल कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको आतिथ्यमा सम्पन्न भएको हो।
विशिष्ट अतिथिमा रन्जना पन्डित,प्रहरी निरीक्षक रमेश कुमार तिमल्सिना,वडा अध्यक्ष बैजुलाल स्वर्णकार,नारायणी अस्पतालका हेमा थापा लगायतका विशेष ब्यक्तीहरुको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमका भनाई अनुसार बालश्रम रोकथाम तथा बाल श्रमिकहरू एवम् अनाथ, बेसहारा,दलित बालबालिकाहरुको संरक्षणका लागि म हरदम हरेकपल उनिहरुको साथ सहयोग ब्यक्तिगत तर्फबाट एवम् बिरगंज महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। चाइल्ड रेस्क्यु नेपालका बिरगंज प्रमुखका भनाई अनुसार आज भन्दा ५ दिन अगाडि भारतमा जबर्जस्ती श्रममा लगाइएका दुई नेपाली बालकको उद्धार गरी अहिले सुरक्षित रूपमा आफ्नो परिवारसँग पुनर्मिलन गराएको जानकारी दिए।
ती किशोरहरू मुम्बईको प्लास्टिकको झोला कारखानामा कठोर वातावरणमा लामो समयसम्म काम गरिरहेको भेटिएपछी तुरुन्तै हाम्रो साझेदार संस्था छोरा छोरी नेपालले हस्तक्षेप गरी उनीहरूलाई घर ल्याउन सफल भएको बताए।
छोरा छोरी नेपाललाई सहयोगको लागि धन्यवाद समेत व्यक्त गरेका थिए।उनले थपे तपाईको उदारताले सम्भव भएको धेरै विजयहरू मध्ये एक मात्र हो। गत वर्ष हामीले ४५ बालबालिकाको उद्धार गरेका थियौं, अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी सँगै, हामी बाल शोषणको साङ्लाहरू तोड्दै र परिवारहरूमा आशा पुनर्स्थापित गर्दै शुभकामना समेत दिएका थिए।