छाडा चौपाया नियन्त्रणका लागि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बिरगंज स्कुल अफ लका विद्यार्थीद्वारा ज्ञापनपत्र बुझाए

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  स्कुल अफ लका विद्यार्थीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन ।

बिरगंजको मुख्य सडकमा खुल्ला रुपमा छाडा चौपायाले दुर्घटनाको जोखिम रहेको भन्दै ज्ञापनपत्र बुझाएको हो । बिरगंजको घण्टाघर, माईस्थान, गहवा, श्रीपुर, पावर हाउस तथा नगरको अन्य गल्लीहरुमा खुल्लारुपमा चौपायाहरु हिड्डुल गरी रहेको भेटिएकोले ट्राफिक जाम हुने, जनावरको आक्रमण हुने तथा चोटपटक लागेर घाईते हुने संभावना बढि रहेकोले ध्यानाकषर्णका लागि ज्ञापनपत्र बुझाईएको हो ।

ज्ञापनपत्र  बुझ्दै  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफनो तर्फबाट सोको नियन्त्रणको प्रयास गर्ने पहल गर्ने बताउनु भयो । नियन्त्रणको भुमिका तथा जिम्मेवारी स्थानिय सरकारको बढि भएकोले एक ज्ञापनपत्र बिरगंजको नगर प्रमुखलाई पनि बुझाउन सुझाव दिनु भयो ।
सो ज्ञापनपत्र बुझाउन स्कुल अफ ल मा कानुन स्नातक ( BA.LLB )तहमा अध्ययनरत नगिना राउत कुर्मि , मुकेश साह तेलि , शितल गुप्ता , अम्बिका कर्ण , रसिद अन्सारी , अमृता शाह लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...