अजित कुमार भुजेल , बिरगंज । हिन्दु परिषद नेपालद्वारा राम जन्मभुमी अयोध्यामा राम मन्दिरको उद्घाटन तथा भगवान श्री राम ललाको मुर्ति प्राणप्रतिष्ठा को वार्षिक उत्सवको अवसरमा शनिबार हिन्दु परिषद नेपाल नगर कमिटीको आयोजनामा बिहान १० बजे देखि हनुमान आराधना एवम सनातन बैधिकहवन पुजन एवं विषेश हवन माईस्थान मन्दिर परिसरमा सम्पन्न भएको छ भने आज साझ १ लाख २५ हजार दिप प्रजवलित पनि गरिएको थियो ।
उक्त सवा लाख बत्ती वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्याय र श्रीमती मुना खनालको करकमलबाट विधिवत पुजाआजा गरि माईस्थान मन्दिर अगाडि गरियो।
श्री राम दरवारको विषेश झाँकी समेत नगरवासीको भव्य उपस्थिती रहेको उक्त कार्यक्रमको संयोजन हिन्दु परिषद नेपाल महानगर समितिले गरेको थियो भने कार्यक्रमको प्रमुख अतिथि महामन्डलेश्वर महन्थ श्री श्री १००८ सुरेन्द्र दास जी महाराज ले गर्नुभएको थियो। कार्यक्रम हिन्दु परिषदको केन्द्रिय अध्यक्ष श्री संजय सरार्फको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा हिन्दु परिषद नेपालका अगुवा लाल बाबु प्रसाद, अबोध केवट, सच्चीता नन्द दुवे, ध्रुव सिंह ठकुरी, हरेन्द्र पटेल, ओम गुप्ता, बन्दना शर्मा, चन्दा शर्मा, पुरूषोत्तम दुवे, देव नाथ उपाध्याय, नरेन्द्र तिवारी, जितेन्द्र पुरूष ढकाल, रूपसिला जयसवाल, उमेश श्रेष्ठ, अजिता देवी पटेल, चितरंजन श्रीवास्तव, राहुल बाडीया, भरत साह कानु,सुभाष सिंह, छबी सरार्फ, बबीता गुप्ता,उमेश साह कानु एवम् श्रधालु भक्तजनहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।
हिन्दु परिषद नेपालका पर्सा जिल्ला नगर अध्यक्ष श्री श्याम बाबु गुप्ताको अध्यक्षतामा भएको थियो