भगवान श्रीराम जि को सम्मानमा नेजपा पर्साद्वारा बिरगंजमा बिशाल शोभा यात्रा

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले श्रीराम जन्मभूमि अयोध्या मन्दिर श्री रामलालको प्राण प्रतिष्ठानको शुभ वार्षिकोत्सवको पावन उपलक्ष्यमा शनिबार बीरगंजमा शोभा-यात्रा कार्यक्रम सम्पन्न गरेको  छ ।

पौष शुक्लपक्ष द्वादशी तिथिको दिन नै श्रीराम मन्दिर अयोध्याधाममा भगवान् श्रीराम जी को प्राण प्रतिष्ठान भएको पावन दिन आज शनिबार नेजपाले भव्य रुपमा शोभा यात्रा निकालेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाड़ी रहेको लालबंगलामा जम्मा भई घन्टाघर चौक,माईस्थान चौक, आदर्शनगर चौक, अलखिया मठ चौक, घडिअर्वा चौक, माईस्थान चौक हुदै पुनः लालबंगमा गई समापन भएको थियो ।

शोभा यात्रा कार्यक्रममा नेपाल जनता पार्टीका वरिष्ठ नेता संतोषानन्द
महाराज,केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जयसवाल, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, बिनोद कुर्मी, पारस दुबेदी, प्रहलाद साह कलवार, गोपाल दास, मधेश प्रदेश अध्यक्ष शत्रुघन साह,पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाक्ष्यक्ष धीरज साह कानू,महामंत्री नबीन मिश्रा, मंत्री आनन्द सिंह कुर्मी, रौतहट जिल्ला अध्यक्ष मनोज पटेल,सरलाही जिल्ला उपाध्यक्ष मणिशंकर सिंह, नेजपा पर्सा जिल्ला सदस्यहरु संतोष कुशवाहा, प्रमोद शर्मा,सुमंत कुमार दीप, पीयूस गुप्ता ,  राजेश साह कलवार, अंशु प्रजापति, महिला मोर्चा पर्सा संयोजक संगीता गुप्ता, बारा जिल्ला महिला मोर्चा संयोजक तारा देवी,बहुदरमाई नगरपालिका संयोजक मुन्ना साह तेली, सखुआ प्रसौनी गाउपालिका संयोजक भगल महरा,नेपाल विधार्थी परिषद् ठाकुरराम बहुमुखी कलेज बीरगंजका अध्यक्ष हिरामन पंडित, सल्लहकार आशीष महतो, समाजसेवी नागेन्द्र सिंह, जयलाल कुर्मी सहित सहभागी रहेका थिए ।

बाजा गाजा सहित शुरू भएको शोभा यात्रामा भगवान् श्रीराम जी, माता जानकी, भगवान् लक्ष्मण जी,भगवान् हनुमान जी को झांकी संगै जय श्रीराम हर हर महादेवको नारा, हिन्दू राष्ट्र नेपाल कायम घर, हिन्दू हिन्दू भाई भाई, ॐ कार परिवार एक होऔ,धर्म-निरपेक्ष ख़ारिज घर, धर्म परिवर्तन गराउनेलाई कड़ा कारवाही गर भन्ने मूल नारा लागेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...