सामुदायिक सेवा केन्द्र छ्पकैया -२ को आयोजनामा अल्पसंख्यक समुदायका बालबालिकाहरुलाई न्यानो स्विटर र टोपि बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित राज होजियारीको सहयोगमा तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छ्पकैया-२ बिरगंज पर्साको आयोजनामा जाडोलाई मध्यनजर गर्दै छ्पकैया वडा न.१ र २ बीच रहेको शान्तिटोलका अल्पसंख्यक समुदायका बालबालिकाहरुलाई  न्यानो स्विटर र टोपी बितरण गरेको थियो ।

स्विटर १०६ पिस र टोपी ८५ पिस गरि जम्मा १९१ थान बितरण गरिएको सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईले जानकारी दिनुभयो ।

सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्व पूरा गरेकोमा राज होजियारीलाई र छ्पकैया सामुदायिक सेवा केन्द्रलाई र अन्य उपस्थिति सहयोगीहरुलाई धन्यवाद दिनु भएको थियो ।

सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छ्पकैया-२ का उपाध्यक्ष प्रबीण बिक्रम शाह , कोषाध्यक्ष प्रेम कुमारी सिंह , सदस्य अजित भुजेल , जेयाउल हक समानि  , साहेब हुसेन , अब्दुल कैश तेलि , सन्चारकर्मी अभिलाष गुप्ता , सुस्मिता यादव , समाजसेवी अनवर हुसेन , नन्दु ठाकुर , अरमान मिया , सुनैना हजरा , सागिर हुसेन , संतोष कुशवाह , राजेश पटवा , प्रहरी सहायक निरीक्षक बृज भुषण पान्डे  , प्रहरी हवल्दार लालबाबू कुशवाह , लगायतकाको उपस्थितिमा न्यानो कपडा बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...