अजित कुमार भुजेल , बिरगंज । बिरगंज बिर्ता स्थित अलि ट्रमा सेन्टर अस्पतालमा जीवन-मृत्युको संघर्ष गरिरहेकी एक सिकिस्त महिलाको जीवन बचाउन समाजसेवी एवं पत्रकार कन्हैया पटेलले २८औं पटक रक्तदान गरेका छन्।
महिलाको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई ताजा रगतको अति आवश्यकता परेकोले रक्तदानको लागि सम्पर्क गरियो र उनले तुरुन्तै बिरगंज रक्तसंचार केन्द्रमा पुगेर रक्तदान गरेका थिए।
रक्तदान पछि पत्रकार कन्हैया पटेलले भने, “रगत बिनाको जीवनको कल्पना असम्भव छ। आफ्नो इच्छाले गरिएको रगतदान जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ। म नियमित रक्तदाता हुँ र आगामी दिनमा पनि रक्तदान गरिरहने छु।”उनले भने रक्तदान नै जिवनदान हो सबै जना मानिसहरुले हरेक तीन तीन महिनामा रक्तदान गर्नु पर्छ। रक्तदान गर्नाले अनेकौ किसिमका बिमारीबाट छुटकारा पाईने बताए ।
पत्रकार कन्हैया पटेल जस्ता व्यक्ति समाजका लागि प्रेरणाको स्रोत हुन्। रक्तदान मार्फत अन्य व्यक्तिहरूलाई पनि यस्ता मानवीय कार्यमा सहभागी हुन प्रेरणा दिने प्रयास भइरहेको छ।